हेमजा, २३ मंसिर । कास्की पोखरा महानगरपालिका वडा न।२५ हेमजामा अवस्थिति स्नो भ्यू इङ्गलिस बोर्डिङ स्कुलले दुई दिने पुरस्कार वितरण,अभिभावक दिवस तथा कलात्मक प्रस्तुति कार्यक्रम सम्पन्न मङ्गलवार सम्पन्न गरेको छ । मंसिर २२ र २३ गते गरि दुई चरणमा सम्पन्न गरेको हो ।

मंसिर २२ गते विद्यालयले वि।ब्य।स अध्यक्ष एवं निर्देशक विष्णु कुमारी अधिकारीको सभापति र पोखरा म।न।पा शिक्षा अधिकृत सोमनाथ भण्डारीको प्रमुख अतिथियतामा पुरस्कार वितरण तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा विद्यालय प्राचार्य गजत बहादुर थापा, विष्णुपादुका मा।बिका प्राचार्य दिपक राज पौडेल,हेमजा युनाईटेडका अध्यक्ष कृष्णमान श्रेष्ण,विष्णुपादुका क्लबका सचिव हिकमत थापा,मानसेवा हेमजाका मदन थापा लगायत बौद्धिक व्यक्तित्व,समाजसेवी,गायक र शिक्षक अभिभावकहरू साथ विभिन्न सरोकारवाल व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

पुरस्कार वितरण तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा म।न।पा शिक्षा अधिकृत सोमनाथ भण्डारीले स्नो भ्यु पोखरा २५ हेमजाकै उत्कृष्ट विद्यालयको श्रेणीमा रहन सफल भएको बताउनु भयो । स्नो भ्यूका प्राचार्य जगत बहादुर थापाले व्यवहारिक शिक्षालाई मुख्य प्राथमिकता राखेर शिक्षाका गतिविधिहरूलाई निरन्तरता दिएको बताउनु भयो । हेमजा युनाईटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले स्नो भ्यू शिक्षा सँगै अनुशासनमा पनि उत्तिकै अब्बल रहेका उल्लेख गर्नुभयो । विण्णुपादुका मा।बिका प्राचार्य दिपक राज पौडेलले प्रविधि मैत्री शिक्षालाई विद्यालयले प्राथमिकता दिएको महशु गरेको बताउनुभयो । पाठ्यक्रम शिक्षा सँगै बालबालिकालाई अनुशासन र मानवता सिकाउनु पर्नेमा हेमजा मानव सेवाका मदन थापाले जोड दिनुभयो ।
मंसिर २३ गते भने विद्यालयले शैक्षिक प्रदर्शनी तथा प्रतिभा प्रस्फुटन कार्यक्रमलाई सम्पन्न ग¥यो । विद्यालयले वि।ब्य।स अध्यक्ष एवं निर्देशक विष्णु कुमारी अधिकारीको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गदै कास्की जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ आचार्य स्टिम विधिबाट पठनपाठन र अन्य शैक्षिक क्रियाकलापमा अब्बल रहेको र संस्कार सहितको शिक्षा दिइएको बताउनु भयो । साथै स्कुलले गत वर्ष एसइईमा उत्कृष्ट नतिजा ल्याउने सफल भएकोमा बधाई दिनुभयो । शैक्षिक गतिविधि मात्र नभई खेलकुद लगायत अन्य अतिरिक्त क्mियाकलापमा सृकिय रहेका देख्दा एउटा उद्धरणीय विद्यालय भएको महसुस गरेको बताउनु भयो ।

काठमाडौँ विश्वविद्यालय मार्फत सञ्चालित सि।पि।इ।सी कार्यक्रम अन्तर्गत रहेर प्रदर्शनी सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयकी अध्यक्ष एवं शैक्षिक निर्देशक विष्णु कुमारी अधिकारीले विद्यार्थीहरूले अध्ययन गरेर अलग अलग विषको समष्टिगत सिकाइलाई सदुपोय गर्न प्राविधिक ज्ञानलाई व्यवहारमा उतार्न प्रदर्शनी गरेका बताउनुभयो ।
कार्यक्रममा गौरीशङ्कर मा।बिका प्रमुख कृष्णप्रसाद पौडेल एवं विभिन्न बौद्धिक व्यक्तित्वहरूले शुभकामना दिएका थिए ।
स्टिम विधिको प्रयोग गरी शिक्षण कार्यलाई गुणात्मक तथा प्रभावकारी बनाउनका निम्ति कक्षा नर्सरी देखी कक्षा १२ सम्मका विघार्थीहरुले तयार पारेका विज्ञान प्रविधि तथा हस्तकला सम्बन्धी प्रदर्शनीमा राखिएको थियो ।
कार्यक्रममा गौरीशङ्कर मा।बिका प्रमुख कृष्णप्रसाद पौडेल एवं विभिन्न बौद्धिक व्यक्तित्वहरूले शुभकामना दिएका थिए ।
स्टिम विधिको प्रयोग गरी शिक्षण कार्यलाई गुणात्मक तथा प्रभावकारी बनाउनका निम्ति कक्षा नर्सरी देखी कक्षा १२ सम्मका विघार्थीहरुले तयार पारेका विज्ञान प्रविधि तथा हस्तकला सम्बन्धी प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीमा विद्यार्थीहरूले हस्ताकलाका सामाग्रीहरू,विज्ञान प्रविधिसम्बन्धी सामाग्रीहरू,परम्परागत कृषि सामाग्रीहरू लगायत विभिन्न सामाग्रीहरूको प्रदर्शनी गरेका थिए भने प्रतिभा प्रस्फुटन तर्फ करिब १०० जना विद्यार्थीले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम अभिभावकहरूको समेत बाक्लो उपस्थिति रहेको थियो । स्नो भ्यू स्कुलमा २०८० सालको नयाँ शैक्षिक शत्रको सुरुवात सँगै काठमाण्डौं विश्वविद्यालय सङैको सहकार्यमा स्टिम एजुकेसन अन्तर्गत पठनपाठन हुँदै आएको छ ।
