कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्को बैठक सम्पन्न

Headlines समाचार

 

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्‌ले हालै सम्पन्न एक महत्वपूर्ण बैठकबाट संरक्षक परिषद, सल्लाहकार समिति, कानुनी सल्लाहकार, प्रवक्ता, र सदस्यहरूको चयन गरेको छ । बैठकले संस्थाको आगामी कार्ययोजना र संरचना सुदृढ गर्न महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ।

बैठकमा अध्यक्ष शिव वानियाले ,“निवर्तमान संरक्षक र सल्लाहकार सदस्यहरूले कास्की आदर्श समाजलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान र प्रतिष्ठा दिलाउन खेलेको महत्वपुर्ण भमिकाको प्रशंसा गर्नभएको थियो । अग्रजहरुको योगदानको मूल्याङ्कन गर्दै सल्लाह सुझाव अनुरुप आगामी कार्य योजना अगि बढाउने  प्रतिबद्धता व्यक्त गर्नभयो ।

महासचिव केदार कुँवरले,“कास्की आदर्श समाजलाई विश्वभरिका कस्केली समुदायको आवाजको रुपमा बुलंद बनाउन संस्थापक पदाधिकारी सदस्य देखि हाल सम्मका सम्पुर्ण निवर्तमान पदाधिकारी एवं सदस्यहरुको कर्तव्यनिष्ठा र योगदानको प्रतिफल भएको बताउनु भयो ।

शिव वानियको अध्यक्षता र महासचिव केदार कुँवरको सहजिकरणमा सम्पन्न बैठकमा संस्थाको दीर्घकालीन लक्ष्यहरूमा केन्द्रित रही विभिन्न विषयमा छलफल गरि निर्णय गरिएको थियो ।

बैठकका  निर्णयहरू

Meeting Details  PDF

2nd Meeting 12 JAN 2025