मङ्सिर ३ । कास्की माछापुच्छ्रे गाउँपालिका द्धारा आयोजित माछापुच्छ्रे गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को सम्पुर्ण तयारी पुरा भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ यहीँ मङ्सिर ३ गते देखि ५ गते सम्म लाहाचोक महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने छ ।
रनिङ शिल्ड प्रतियोगिताले गाउँपालिका भित्र रहेका विद्यार्थीहरूको खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष मीन ब. गुरुङले बताए । खेल सम्पन्न गर्न गाउँपालिकाले वार्षिक कार्यक्रम अन्तर्गत ८ लाख रकम विनियोजन गर्दै प्रतियोगिता लाई निरन्तरता दिँदै आयको प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले बताउनु भयो ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सम्झना पोख्रेलले प्रतियोगितामा पालिका अन्तर्गतका १० वटा सामुदायिक र २ वटा संस्थागत माध्यमिक विद्यालय गरी कुल १२ वटा विद्यालयहरूको सहभागिता रहने थप उल्लेख गर्नभयो ।
माछापुच्छ्रे –४,लाहाचोकका वडा अध्यक्ष मधुसूदन अधिकारीले विद्यार्थीको शैक्षिक विकासको अतिरिक्त खेलकुद आजको आवश्यकता रहेको बताउनु भयो ।
प्रतियोगितामा अन्तर मा.वि भलिबल छात्रा÷छात्र ,कबड्डी छात्रा÷छात्र ,एथलेटिक्स दौड ट्याक १००,२००,४००,८००,१५०० र ३००० मि. साथै ४ १०० मि.रिले, ४ ४०० मि.रिले छात्रा÷छत्रा प्रतियोगिता हुने छन् ।
हाइजम, लङजम्प , ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट लगायतका खेलहरू पनि रहने छन् । मार्चपास तर्फ प्रति विद्यालय १०+१० जना छात्र छात्रा हुनुपर्ने । प्रतियोगितामा सहभागि हुने विद्यार्थीको उमेर १८ बर्ष ननाघेको हुनुपर्ने माछापुच्छ्रे गा.पा खेलकुद विकास समिति सदस्य सचिव हुम् ब. गुरुङले जानकारी दिनु भयो ।
