नहरचोक आमा समूहद्वारा बाढीपीडितलाई २१ हजार सहयोग

समाचार
पोखरा–२५, हेमजा, नहरचोकस्थित नहरचोक आमा समूहले ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रका साथ रसुवालगायतका क्षेत्रमा भदौ १० गते आएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि रु. २१ हजार सहयोग गरेको छ ।
बाढीपहिरोमा परी आफ्ना प्रियजन तथा बासस्थान गुमाएका परिवारप्रति दुःख व्यक्त गर्दै समूहले विपत्तिको घडीमा पीडितको साथमा उभिनु सामाजिक दायित्व भएको जनाएको छ।
आमा समूहले विपद्मा परेको समुदायलाई राहत तथा पुनःस्थापनाका लागि सबैलाई आ–आफ्नो तर्फबाट सहयोग गर्नसमेत आग्रह गरेको छ।

See less