हुम्दी डाँडागाउँ भलिबल प्रतियोगिताको उपाधि घााचोक(टुसे)लाई

Headlines खेलकुद समाचार होमपेज

कास्की , कात्तिक १३ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान हुम्दी डाँडा गाउँमा माछापुच्छ्रे गाउँपालिका अन्तर गाउँस्तरीय प्रथम पुरुष भलिबल प्रतियोगिता –२०८२ को उपाधि घााचोक(टुसे)ले हाल पारेको छ । उपाधि सँगै टुसेले  नगद ३० हजार, ट्रफी, मेडल प्रमाणपत्र प्राप्त ग¥यो ।   त्यस्तै, उपविजेता डाँडागाउँले नगद २२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगिता अवधिभर खेलाडी मध्ये व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी पुरस्कार घाचोक टुसेका सचिन सुनार, अनुशासित टिम र्भुजुङ्गखोला,उदयमान खेलाडी डाँडागाउँका सुसान सुनार र उत्कृष्ट लिफ्टर र्भुजुङ्गखोलाका निकेश गुरुङलाई  नगद ,ट्रफिका साथमा  सम्मानित भए ।

यता मैत्रीभाब महिला फुटबल तर्फ नवज्योति आमा समूह प्रथम स्थान हासिल गर्न सफल भयो । नवज्योति आमा समुहलार्ई नगदका साथ सम्मान गरिएको थियो ।

क्लबको अध्यक्ष युवाराज गुरुङको अध्यक्षतामा कात्तिक १० गते देखि माछापुच्छ्रे गाउँपालिका–५ रिभान हुम्दी डाँडागाउँ खेल मैदानमा सञ्चालन भएको हो । प्रतियोगितामा माछापुच्छ्रे  गाउँपालिका ९ वटा वडाबाट २२  समूहको सहभागिता रहेको खेल संयोजक अमृत लामिछानेले बताए  ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय माछापुच्छ्रे« –८, ल्वाङले नगद रु ३० हजार सहयोग गरी प्रथम पुरस्कार प्रायोजनको भूमिकामा रहेको आयोजकले थप उल्लेख गरेको छ ।