पोखरा । विष्णु पादुका क्लब पोखरा–२५ हेमजाको आयोजनमा बिहीबार देखि प्रथम विष्णु पादुका आमन्त्रित महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिता उद्घाटन खेलमा आयोजक विष्णु पादुका क्लबले हेमजा युनाईटेडलाई ८–४ को गोल अन्तरले पराजित गर्दै विष्णु पादुका सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा म्याग्दी फुटबलले ए.एफ.एन ललितपुरलाई सडेन डेथमा ६–५ ले पराजित गर्दै म्याग्दी सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्यसै गरी तेस्रो खेलमा हिल्ली फिल्डर्स गोर्खाले बाग्लुड्ड स्पोटर्सलाई १–० ले पराजित गर्दै हिल्ली सेमिफाइनलमा प्रवेश गर्दा बिहीबार भएको अन्तिम खेलमा एस वि। स्पोटर्सले पि.एन.सीलाई १०–० को फराकिलो गोल अन्तरले पराजित गर्दै एस।वि। सेमिफाइनलमा प्रवेश गरेको हो ।
शुक्रवार पहिलो सेमिफाइनल खेल म्याग्दी फुटबल र एस.वि. स्पोटर्स बिच तथा आयोजक विष्णु पादुका क्लब र हिल्ली फिल्डर्स गोर्खाबीच हुने आयोजकले जनाएको छ ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले खेल क्षेत्रमा अग्रस्थानमा रहेको क्लबले महिला फुटबल प्रतियोगिता गरेर महिला खेलाडीलाई अवसर दिने काम गरेको बताए ।
विष्णु पादुका क्लब हेमजाका अध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक जगत थापाले स्वागत र सचिव विकल थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

