श्री किसान बहुउद्देश्यीय सहकारी संस्था लि।हेमजाको २३ औँ साधारण सभा सम्पन्न

Headlines अर्थ समाचार

कास्की पोखरा–२५, हेमजामा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लि।को २३ औँ वार्षिक साधारण सभा शनिवार  सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोतीराम तिम्सिनाको  अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष दीपक बास्तोलाको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै  बास्तोलाले पछिल्लो समय सहकारीमा देखिएका समस्या र त्यसको समाधानको लागि जिल्ला सहकारीले विभिन्न चरणमा खेलेको भूमिका माथि प्रकाश पार्दै सहकारी संस्थाहरूले आर्थिक गतिविधिलाई पारदर्शी रूपमा चलायमान गर्दै समाज र सेयर सदस्य हितका गतिविधिहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड्दिनु भयो ।

सो अवसरमा अध्यक्ष,सचिव,कोषाध्यक्ष,लेखा समितिको प्रतिवेदन,ऋण उपसमितिको प्रतिवेदन,शिक्षा उपसमितिको प्रतिवदन माथि मेलाले छलफल तथा अनुमोदन गरेको थियो ।

कार्यक्रममा संस्थाका ७५ वर्ष माथिका ज्येष्ठ सेयर सदस्य,शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गरेका सदस्यका छोराछोरीहरू, संस्थाका विभिन्न गतिविधिहरूमा सक्रिय रुपमा भाग लिई संस्थाको हितमा उल्लेखनीय योगदान पु¥याउनु भएका विभिन्न दूध किसान,सङ्कलक,कृषि पसल, बचत तथा ऋण कारोबार तर्फ नियमित तथा उत्कृष्ट कारोबार गर्ने संस्था एवं व्यत्तित्वहरुलाई कार्यक्रमका बिच अबिर,दोसल्ला र प्रमाणपत्रका साथ सम्मान गरिएको व्यवस्थापक हरि त्रिपाठीले जानकारी दिनु भयो ।

विद्यार्थी सम्मानमा केशवराज पौडेल, प्रतिभा बचगाई,सविना तिमिल्सना,कविता कुमारी कार्की , अभिषेक अधिकारी र दुर्गा कुमारी श्रेष्ठ सम्मानित भएका थिए । सांस्कृतिक तर्फ सांस्कृतिक उपसमितिको पहलमा  देवीस्थान भजन समूहलाई सम्मान गरियो । कृषि तर्फ कृष्ण तिमिल्सिना,शोभा भण्डारी कार्की, जोन तामाङ, विष्णु प्रसाद सुवेदी जैसी,सरिता कार्की कुवर, लक्ष्मी कुवर, कृष्ण प्रसाद पौडेल, दिननाथ त्रिपाठी सम्मानित भए । बचत तथा ऋण तर्फ उत्कृष्ट बचतकर्तामा गीता कुमारी के।सी र दैनिक बचतकर्तामा सरस्वती चापागाईँ,बालबचतकर्तामा कृष्विन अधिकारी,उत्कृष्ट ग्राही नारनदेवी चोचाङ्गगी मगर र कर्मचारीमा शान्ति कँडेल सम्मानित भए ।

संस्थाका अध्यक्ष मोतीराम तिम्सिनाको  अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सञ्चालक समिति उपाध्यक्ष  भगवती बचगाईले र सञ्चालन सचिव बुदि प्रसाद बास्तोलाले गर्नुभयो ।