कास्की जिल्लामै माछापुच्छ्रे गाउँपालिका सबै भन्दा कम बेरुजु भएको पालिका घोषित ।

Headlines

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका जिल्लामै कम बेरुजु भएको पालिकामा दर्ज भएको छ । महालेखा परीक्षकको नयाँ प्रतिवेदन अनुसार माछापुच्छ्रे गाउँपालिका सबै भन्दा कम बेरुजु हुने पालिका घोषित भएको हो ।

माछापुच्छ्रेमा यो वर्ष ३६ लाख ६२ हजार बेरुजु थपिएको छ । यो पूरा बजेटको ०.२४ प्रतिशत हो । माछापुच्छ्रेमा गत वर्षको जिम्मेवारी ८ करोड ९० लाख छ । यस्तै, वित्तीय जोखिम मूल्याङ्कनमा सबैभन्दा उत्कृष्ट पालिका भए पनि रुपा गाउँपालिका दोस्रो कम बेरुजु भएको पालिका हो ।

यहाँको बेरुजु ५० लाख ३५ हजार अर्थात् ०।६६ प्रतिशत बेरुजु देखिएको हो । कास्कीका ५ पालिकामध्ये सबैभन्दा बढी बेरुजु पोखरा महानगरको छ । मादीमा २ करोड ४१ लाख बेरुजु छ भने अन्नपूर्णमा २ करोड १८ लाख थपिएको छ ।