सातौँ माछापुच्छ्रे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को तयारी पुरा 

Headlines Top Post खेलकुद

 

मङ्सिर ३ । कास्की माछापुच्छ्रे गाउँपालिका द्धारा आयोजित माछापुच्छ्रे गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को सम्पुर्ण तयारी पुरा भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ यहीँ मङ्सिर ३ गते देखि ५ गते सम्म लाहाचोक महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने छ ।

रनिङ शिल्ड प्रतियोगिताले गाउँपालिका भित्र रहेका विद्यार्थीहरूको खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष मीन ब. गुरुङले बताए ।  खेल सम्पन्न गर्न गाउँपालिकाले वार्षिक कार्यक्रम अन्तर्गत ८ लाख रकम विनियोजन गर्दै प्रतियोगिता लाई निरन्तरता दिँदै आयको  प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले बताउनु भयो ।

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सम्झना पोख्रेलले प्रतियोगितामा  पालिका अन्तर्गतका १० वटा सामुदायिक र २ वटा संस्थागत माध्यमिक विद्यालय गरी कुल १२ वटा विद्यालयहरूको सहभागिता रहने थप उल्लेख गर्नभयो ।

माछापुच्छ्रे –४,लाहाचोकका वडा अध्यक्ष मधुसूदन अधिकारीले विद्यार्थीको शैक्षिक विकासको अतिरिक्त खेलकुद आजको आवश्यकता रहेको बताउनु भयो ।

प्रतियोगितामा अन्तर मा.वि भलिबल छात्रा÷छात्र ,कबड्डी छात्रा÷छात्र ,एथलेटिक्स दौड ट्याक १००,२००,४००,८००,१५०० र ३००० मि. साथै ४ १०० मि.रिले, ४ ४०० मि.रिले छात्रा÷छत्रा प्रतियोगिता हुने छन् ।

हाइजम, लङजम्प , ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट लगायतका खेलहरू पनि रहने छन् । मार्चपास तर्फ प्रति विद्यालय १०+१०  जना छात्र छात्रा हुनुपर्ने । प्रतियोगितामा सहभागि हुने विद्यार्थीको उमेर १८ बर्ष ननाघेको हुनुपर्ने माछापुच्छ्रे गा.पा खेलकुद विकास समिति सदस्य  सचिव हुम् ब. गुरुङले जानकारी दिनु भयो ।