सतौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खेलकुद

२०८२ मंंसिर ३ । कास्कीको माछापुच्छ्रे« गाउँपालिकाले सतौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रम बुधवार  देखि सुरु गरेको छ  । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ माछापुच्छ्रे« गाउँपालिकाकोे आयोजनमा भएको प्रतियोगिताको,उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले मानिस खेलका माध्यमबाट स्वास्थ्य,सुखी र समृद्ध बन्न सक्ने, खेलले बालबालिकाको शारीरिक तथा बौािद्धक विकासमा महत्त्वपूर्ण भूमिका रहने  साथै खेलको माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने हुँदा खेलकुदलाई हरेक क्षेत्रले प्राथमिकतामा राख्नु पर्ने लगाएता धारण व्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेल क्षेत्रमा गुणात्मक प्रगति गर्नको लागि गाउँपालिकाले आगामी दिनमा अझै रचनात्मक कार्यक्रमलाई अगाडी बढाउने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले खेल भनेको प्रतिस्पर्धा मात्र हैन अनुशासन,एकता,समन्वय,सहकार्य र स्वास्थ्य जीवनशैली हो भन्ने मनन गर्दै खेलकुदलाई प्राथमिकतामा राखेर पालिकाको आर्थिक लगानीमा यस खेललाई निरन्तरता दिएको बताउनु भयो । प्रतियोगितामा सहभागी विद्यालय साथै विधार्थीहरुलाई सहभागिताका लागि धन्यवाद समेत व्यक्त गर्नभयो ।

वडा न.९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक राजेन्द« क्षेत्रीले राष्ट्रपति रनिङ जस्ता खेलकुदका माध्यम बाट खेलमा भविष्य खोजिरहेका युवाहरूको अगाडी बढ्ने ठुलो अवसर भएको बताउनु भयो ।

कार्यक्रममा शुभकामना दिँदै गाउँपालिका अन्तर्गतका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले खेलमा हारजित त भई हाल्छ तर खेल मर्यादित, अनुशासित र लगनशील भएर खेल्न खेलाडीहरू आग्रह गरेका थिए  ।

मङ्गलवार भएको खेलमा मार्च पास तर्फ प्रथम माछापुच्छ्रे« मा.वि , द्धितिय सागर मेमोरियल बोडिङ, तृतीय शारदा मा.वि भएको छ ।  शारदा मा.विले गत वर्ष पनि मार्च पासमा तृतीय स्थान हासिल गरेको थियो ।

छात्र ३००० मि. दौडमा प्रथम माछापुच्छ्रे« मा.विका ईश्वर प्रजा  ,द्धितिय उदय मा.विका अनिल  वि.क , तृतीय  महेन्द्र« मा.विका रोशन नेपाली भए । छात्रा ३००० दौडमा  प्रथम माछापुच्छ्रे« मा.वि कि पुष्पा भण्डारी, द्धितिय महेन्द्र« मा.वि कि सेनिया जैसी, तृतीय  शुक्ला गण्डकीकी सोनिया केसी रहेका छन् । साथै अन्य दौड तथा कवाडी,भलिबल लागायताका अन्य खेलहरूलाई निरन्तरता दिइएको थियो ।

 गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा न.९का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरि ब. क्षेत्रीले र सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सम्झना पोख्रेले गर्नभयो ।

मंसिर ३ गते देखि ५ गते सम्म लाहाचोक महेन्द्र मा.विको खेल मैदान मा सञ्चालन हुने रनिङ शिल्ड प्रगियोगितामा  पालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ ।