हेमजा लायन्स र लियोद्वारा गौरीशंकर मा. वि हेमजामा बृक्षारोपण

समाचार

पोखरा महानगरपालिका वडा नं २५ मा रहेको गौरी शङ्कर मा वि मा शनिवार वृक्षारोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र लियो क्लब अफ हेमजाले संयुक्त रूपमा फलफूलका बिरुवा रोपेको हो ।

प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे रिजन ५ का रिजन चियर पर्सन दिनेश तुलाचनले वातावरणीय स्वच्छता तथा उत्पादन मुखी फलफूलका बिरुवा रोपेर मानव स्वास्थ्यलाई सरल र सहज बनाउनमा सहयोग पुग्ने कुरा बताउनुभयो । तुलाचनले हेम्जा का लायन्स र लियो को समाज सेवाप्रति रहेको भावनालाई उच्च कदर गर्दै आगामी दिनमा अझै सक्रिय रूपमा समाजसेवामा समर्पित हुन आग्रह गर्नुभयो । विशेष अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे का  जोन चेयर पर्सन प्रगत कायस्थले फलफूलका बिरुवा हुर्कँदै फल्दै जाँदा बिधर्थिहरुलाई पनि अध्ययन र खाजाका लागी प्रयोग हुने चराचुरुङ्गीको सङ्ख्या समेत बढेर जाने कुरा बताउनुभयो ।

लियो जिल्ला परिषद् ३२५ जे नेपालका पूर्व अध्यक्ष लियो विष्णु दाहालले हेमजाको सामाजिक क्षेत्रमा लियो को सक्रियता खुलेर प्रशंसा गर्नुभयो । गौरीशङ्कर मा बिका प्रधानाध्यापक अमर बहादुर कुँवरले रोपेका बिरुवालाई हुर्काउन र संरक्षण गर्न स्कुल प्रतिबद्ध रहेको बताउनुभयो ।

लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा झन्डाको अविवाद सुरेश श्रेष्ठ, लियो प्लेग वाचन कविता त्रिपाठी गर्नुभएको थियो भने धन्यवाद ज्ञापन लायन्स क्लब अफ पोखरा हेमजाका निवर्तमान अध्यक्ष सन्तमान श्रेष्ठले गर्नुभएको थियो ।