पुस २१ हेमजा । लायन्स क्लब अफ पोखरा लेकसीटी, दृष्टिविहिन कल्याण संघ कास्की र माछापुच्छे« ४ लाहाचोक वडा कार्यालयको संयोक्त आयोजनमा शनिवार एक दिने आखाँ प्रशिक्षण शिविर सम्पन्न गरेको छ । शिविरमा ४९९ लाभान्वित भएका छन् । शिविर हिमालय आँखा अस्पताल घारीपाटनको प्राविधिक सहयोगमा कास्की माछापुच्छ्रे गाउँपालिका वडा न ४ लाहाचोक स्वास्थ्य चौकीमा भएको थियो ।
शिविर बाट पहिचान भएका ९ जना मोतिबिन्दुका विरामीको थप उपचार लायन्स क्लब अफ पोखरा लेकसीटी, दृष्टिविहिन कल्याण संघ कास्की र हिमालय आखाँ अस्पतालको समन्वयमा निशुल्क हुने भएको छ । अन्य विरामीहरुलाई आवस्यकता अनुरुप निशुल्क औषधी र चस्मा वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।
