पोखरा । लियो जिल्ला परिषद् ३२५ जे नेपालको आयोजनामा शनिवार स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लिनिक सोलुसन प्रा।लि का अनिल यादव र लोयल ट्रेडसका सुजन पोखरेलको आर्थिक सहयोगमा करिब २० लाख माथिको रकम पर्ने थाइराइड र हर्मन टेस्ट गर्ने मेसिन गोर्खा हस्पिटल गोर्खाका लागि हस्पिटल निमित्त मेसु शम्भु अधिकारीलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रमका लागि चिजकुमार श्रेष्ठ र सुजन पोख्रेलबाट विशेष समन्वय भूमिका रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जी।स।स गोरखाका प्रमुख एवं गोरखा हस्पिटलका व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर थापाले गोरखा साथै आसपासका क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई सुधार गर्ने उद्देश्यले साथ गोर्खा हस्पिटल गोर्खालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएकोमा सहयोग दाता प्रति धन्यवाद दिँदै नागरिक स्वास्थ्य सुधार गर्न उक्त सामाग्रीले महत्त्वपूर्ण भुभिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लायन भिडिजि लायन प्रजापति बास्तोला, गो।न।पा।का उपमेयर मसली माया थोकर लगायतको विशेष उपस्थिति रहेको कार्यक्रममा विभिन्न सघंसंस्थाका प्रमुख एवं प्रतिनिधि साथै स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।
लियो जिल्ला परिषद् ३२५ जे नेपालका अध्यक्ष लियो बालकृष्ण परियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सचिव लियो सहशील पौडेलले जानकारी दिनुभयो । ।
