किसान बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती २०८२ को पावन अवसरमा हेमजामा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।
किसान बहुउद्देश्यीय सहकारी संस्था, हेमजा युनाइटेड र देवीस्थान सेवा समाज द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रम यही वैशाख २७ गते हुनेछ ।
पोखरा २५ हेमजाको मिलन चोकमा आयोजना हुने रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी कास्की शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज नेपालको प्राविधिक सहयोग रहनेछ ।

