नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको प्रथम जिल्ला अधिवेशन शुक्रवार सम्पन्न भएको छ । प्रथम अधिवेशनले प्रितम गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
नयाँ कार्यसमिति वरिष्ठ उपाध्यक्षमा रेखमाया गुरुङ, उपाध्यक्षमा नर प्रसाद गुरुङ, सचिवमा विनम गुरुङ,सह–सचिवमा पदम गुरुङ साथै कोषाध्यक्षमा विकाश गुरुङ, सह–कोषाध्यक्षमा विम खाँण, सदस्यमा, निराजन अधिकारी, विशाल गुरुङ, खिम बहादुर .जी.सी, इन्द्र बहादुर कुँवर क्षेत्री,देवी गुरुङ, अम्रित गुरुङ,विकाश गुरुङ, मेजमान गुरुङ,जीवन रेग्मी,विज गुरुङ, विजय कु. आले,टुकराज गुरुङ सर्वसम्मत चयन भएका छन् । प्रमुख निर्वाचन अधिकृतको भूमिका अधिवक्ता दिनेश आचार्यले गरेका थिए ।

अध्यक्ष गुरुङले कार्यक्रमका बिच अन्य वाकी सदस्य आगामी बैठकले पूर्णता दिने बताउँदै विभिन्न जिल्ला स्तरीय खेल प्रतियोगिता, खेलाडी प्रशिक्षणका साथ खेलकुद सँगै संगठन विस्तारमा प्राथमिकता दिने बताए ।
कार्यक्रममा केन्द्र देखि जिल्ला,संघका प्रतिनिधि र अन्य विशिष्ट अतिथिहरूको सहभागिताका साथ पूर्ण एकतामा नयाँ समिति चयन गरिएको हो ।उक्त समितिले जिल्ला खेलकुद विकास र सङ्गठनात्मक संरचनाको निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यितामा भएको कार्यक्रमको सभापतित्व नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की का.वा अध्यक्ष मिलन गुरुङले गरेका थिए ।

