पोखरा–९, वास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा कुल ४६ युनिट रगत संकलन भएको छ।

सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयले वार्षिक कार्यतालिका अनुसार रक्तदान गरेको हो ।जसमा प्रादेशीक रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहयो।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं।९ का अध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुल पोखराकै उत्कृष्ट शैक्षिक संस्था रहेको उल्लेख गर्दै विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ठता हासिल गर्दै आइरहेको औँल्याए ।रक्तदान जीवनदान भएको धारण राख्दै वडाध्यक्ष मर्सानीले विद्यार्थी पनि रक्तदान गर्न हौसिएकोमा खुशी व्यक्त गरे।
मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडोवेइलले रक्तदानको महत्वमाथि प्रकाश पार्दै विरामी भएपछि मात्रै अस्पताल जाने परिपार्टीलाई अन्त्य गर्नुपर्ने सुझाए।उनले मणिपाल र गुरुकुल बीच स्वास्थ्य उपचार सुविद्यामा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै अस्पताल अधिकत्तम सेवा दिन तयार रहेको स्पष्ट पारे।
विद्यालय अध्यक्ष रवि कार्कीले स्वास्थ्य सेवा मार्फत गुरुकुल, मणिपाल एक हुन पाएकोमा खुशी व्यक्त गर्दै रक्तदाताप्रति आभार प्रकट गरे।उनले विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई सम्झौताबाट अधिकत्तम स्वास्थ्य लाभ लिन पनि सुझाए।
प्रधानाध्यापक भुवन सुवेदीले विद्यालयले शिक्षाका अलवा मानवीय सेवाका गतिविधीलाई प्राथमिकता दिइरहेको भनाई राख्दै आगामि दिनमा पनि त्यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
प्र्रादेशीक रक्तसंचार केन्द्र प्रमुख अर्जन ज्ञवालीले रेडक्रसले थालेको ‘जन्मदिनमा गरौं रक्तदान’ अभियान माथि प्रकाश पार्दै सबैभन्दा मानवीय भावना महत्वपूर्ण हुने धारणा राखे।उनले केक काटी जन्मदिन मनाउने प्रचलनको अन्त्य गर्नुपर्नेमा जोड दिर्दै रक्तदान सबैभन्दा महत्वपूर्ण दान भएको उल्लेख गरे।
विद्यालय अध्यक्ष कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दश जोड २ संयोजक वसन्तकुमार श्रेष्ठले स्वागत तथा शिक्षिका सलिताज कुँवरले कार्यक्रम संचालन गरिन्।

