विदेशमा पसिना, गाउँका बालबालिकामा मुस्कान

Headlines

विदेशमा पसिना, गाउँका बालबालिकामा मुस्कान

माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोकस्थित महेन्द्र  माध्यमिक विद्यालय मा अध्ययनरत कक्षा १ देखि ५ सम्मका नानीबाबुहरूको पोसाक व्यवस्थापनका लागि दक्षिण कोरियामा रहेका लाहाचोकवासीहरूले प्रेरणादायी सहयोग गरेका छन् ।

लाहाचोक समाज दक्षिण कोरियाको पहलमा सङ्कलित रु. ५५ हजार ७१६ रकम विद्यालयलाई हस्तान्तरण गरिएको हो । विदेशमा कडा मेहनत र दुःख–सुखका बिच कमाएको रकम आफ्नो गाउँका बालबालिकाको उज्ज्वल भविष्यका लागि खर्च गर्नु आफैँमा अनुकरणीय सामाजिक उदाहरण बनेको स्थानीयवासीले बताएका छन् ।

सानो सहयोगले पनि बालबालिकाको अनुहारमा ठुलो खुसी ल्याउन सकिने सन्देश यस अभियानले दिएको छ । विशेष गरी आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई विद्यालय पोसाक व्यवस्थापनमा राहत पुग्ने विश्वास गरिएको छ ।

सहयोग रकम कृष्ण बास्तोला र केशव अधिकारीमार्फत विद्यालयलाई हस्तान्तरण गरिएको थियो । रकम ग्रहण गर्दै विद्यालयका प्राचार्य मीनराज अधिकारीले “विदेशमा रहेर पनि गाउँ, विद्यालय र बालबालिकाप्रति देखाइएको माया र जिम्मेवारी अत्यन्त प्रशंसनीय छ,” भन्दै सम्पूर्ण सहयोगदाताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

सामाजिक उत्तरदायित्व र जन्मथलोप्रतिको माया कस्तो हुनुपर्छ भन्ने उदाहरण लाहाचोक समाज दक्षिण कोरियाले प्रस्तुत गरेको भन्दै स्थानीय स्तरमा सहयोगी भावना र एकताको व्यापक प्रशंसा भइरहेको छ ।

सहयोगदाताहरूको विवरण यस प्रकार रहेको छः

१. खुसीमान गुरुङ – रु. ३०३३
२. डम्बर अधिकारी (तिनघरे) – रु. ५०५६
३. प्रेम कुँवर – रु. ३०३३
४. तोयनाथ अधिकारी – रु. ३०३३
५. सुन्दर हमाल – रु. ३१६१
६. कमल अधिकारी – रु. ३०३३
७. हरि परियार – रु. ३०३३
८. गौरव ढकाल – रु. ३०३३
९. गोबिन शाही – रु. ३०३३
१०. यज्ञमान श्रेष्ठ – रु. ३०३३
११. बालकृष्ण अधिकारी – रु. ३०३३
१२. निरकमल अधिकारी (3 Brothers) – रु. ३०३३
१३. सन्तोष अधिकारी (सुनिता) – रु. ३०३३
१४. क्याम बहादुर घताने – रु. ३०३३
१५. टीकाराम अधिकारी (भीरकटेरा) – रु. ३०३३
१६. गणेश रानाभाट – रु. ३०३३
१७. राजेन्द्र गौतम – रु. ३०३३
१८. कृष्ण बास्तोला – रु. १०००
१९. केशव अधिकारी – रु. १०००

जम्मा सहयोग रकम रु. ५५,७१६ रहेको जनाइएको छ ।