पोखरा, १० फागुन । ज्ञानसागर एकेडेमी पोखरा–२५, हेमजाले “सृजनशीलता र समालोचनात्मक चिन्तनःसमृद्ध भविष्यको आधार” भन्ने नारा साथ शनिवार विद्यालय परिसरमा आयोजित एक दिने ज्ञानसागर साहित्य महोत्सव–२०८१ सम्पन्न गरेको छ ।
नेपाल नाट्य तथा संगीत एकेडेमीकका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठको प्रमुख अतिथियतामा महोत्सव सञ्चालन भएको थियो ।
महोत्सवमा वरिष्ठ साहित्यकार सरुभक्त र शैक्षिक परामर्शकर्ता डा। तुलसीराम खनालसँग के पढ्ने, किन पढ्ने, घर पहिलो पाठशाला हो किन, भन्ने विषयमा विद्यार्थी र अतिथि बिच छलफल तथा अन्तर्क्रिया भयो ।
हेमजा लगायत हेमजा बहिरका छिमेकी विद्यालयका विद्यार्थीहरुबाट रचना वाचन, र पोखराका सुप्रसिद्ध १० कविहरूबाट कविता वाचन भएको थियो । उक्त अवसरमा शैक्षिक सत्र २०८० का एकेडेमिक पुरस्कार समेत वितरण गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल सङ्कर मणि त्रिपाठी ९छन्दमणि०ले जानकारी दिए ।
व्यवस्थापन समितिका अध्यक्ष टोलप्रसाद अर्यालको अध्यक्षता सम्पन्न कार्यक्रमको स्वागत विद्यालयका संस्थापक निर्देशक भरतराज अधिकारीले गरेका थिए भने सञ्चालन शिक्षिकाछन्दिका त्रिपाठीले गरिन् ।
