सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक कार्यशाला

समाचार

पोखरा, ६ मङ्सिर । शान्तिका लागि साझा अभियान (कोक्याप), गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका वडा नं २८ मा आज सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक एक दिवशीय कार्यशाला सम्पन्न भएको छ ।

वडा नं २८ लाई लक्षित गरी कोक्यापले सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न लागेको सो कार्यक्रमका फोकल पर्सन सुशिला नेपालीले जानकारी दिनुुभयो । कार्यक्रमको प्रभावकारिता अभिबृद्धि गर्ने लक्ष्यका साथ यस किसिमको कार्यशाला आयोजना गरिएको उहाँले बताउनुुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा महानगरपालिका वडा नं २८ कृषि, पर्यटन लगायतका क्षेत्रमा धेरै सम्भावना बोकेको बताउँदै यहाँको सम्भावनालाई उजागर गर्ने किसिमका कार्यक्रममा जोड दिनुुपर्ने बताउनुुभयो । प्राकृतिक स्रोतको दीगो प्रयोग, बन र जमिनको प्रवद्र्धनका साथै बजार पहुँचमा सुुधार गर्नुुपर्नेमा जोड दिदै उहाँले पर्यटन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्नुु जरुरी भएको धारणा राख्नुुभयो । पर्यटकीय रुपमा यहाँका ठूलाकोट, वलीडाँडा, चुत्राको डाँडा, चिन्तेको डाँडा हुँदै रोयल ट्रेकलाई प्रवद्र्धन गर्दै यिनीहरूको पर्यटकीय उपयोग गरी स्थानीयको आयआर्जन बढाउन सकिने उहाँको भनाइ छ । पोखरा २८ मा कृषिका सम्भावना बारे उहाँले प्रकाश पार्नुुभएको थियो ।

पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामछानेले वडा भित्रका हरेक सम्भावनालाई उजागर गर्ने गरी लागिएको बताउनुुभयो । पछिल्ला समयमा कृषि पर्यटनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुँदै आएको चर्चा गर्दै उहाँले स्थानीय जागरुकता अभिबृद्धिका लागि यस किसिमका कार्यक्रम महत्वपूर्ण बन्ने बताउनुुभयो । कृषि उत्पादनको बजारीकरणका माध्यमबाट स्थानीयको स्वरोजगार अभिबृद्धि गर्दै आय आर्जनमा टेवा पुु¥याउने लक्ष्य राखिएको उहाँले बताउनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *