लायन्स क्लब अफ पोखरा हेमजाको १७औ चार्टरनाईट कार्यक्रम” सम्पन्न ।

समाचार

लायन्स क्लब अफ पोखरा हेमजाले हिजो पोखराको दि भिलेज रेष्टुरेन्टमा लायन्स ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका सेकेण्ड भाईस डिस्ट्रिक्ट गभर्नर लायन प्रजापति बॉस्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।

प्रमुख अतिथिले बोल्ने क्रममा लायन्स क्लब अफ पोखरा हेमजामा डिस्ट्रिक्टको नेतृत्व गर्न सक्ने अब्बल ब्यक्तिहरु रहेको कारण क्लबले धेरै राम्रा र प्रभावकारी सेवाका कार्यहरु गर्ने गरेको धारणा राख्दै डिस्ट्रिक्टको नेतृत्वमा आउनका लागी सल्लाह दिएका थिए ।

डिष्टिनगुईज एड्भाईजर लायन मोतीराज तिम्सिनाले हालका अध्यक्ष सरल र समन्वयकारी भएका कारण क्लबले उत्कृष्ट सेवाका कार्य गरेकोमा खुशी ब्यक्त गरे ।

एसिष्टेन चिफ एड्भाईजर लायन राजेन्द्र बहादुर साप्कोटले क्लबका अन्य साथीहरु पनि जागरुक भएर लाग्न अनुरोध गरे ।
गण्डकी एरियाका चिफ लायन सुर्य बरालले लायन्स क्लब अफ पोखरा हेमजा संग पहिला पनि संगै काम गरेको स्मरण गर्दै पोखराको नमुना क्लब रहेको र डिस्ट्रिक्ट तर्फ गर्नु पर्ने सबै किसिमका सहयोग गर्ने प्रति बध्दता गरे ।

लायन्स क्लब अफ पोखरा अन्नपुर्णका अध्यक्ष लायन गणेश छबि ले लायन्स क्लब अफ पोखरा हेमजा संग खानेपानी ट्यांकी सहयोगको कार्यक्रममा समन्वय गर्न पाएकोमा खुशी ब्यक्त गरे ।
कार्यक्रममा ध्वजका अभिवादन द्वितिय उपाध्यक्ष लायन सुरेश कुमार श्रेष्ठ, स्वागत प्रथम उपाध्यक्ष लायन दुर्गा प्रसाद पौडेल र संचालन सचिव लायन मदन पौडेलले गरेको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन सन्तमान श्रेष्ठले गरेका थिए ।