कास्कीको माछापुच्छ्रे गाउँपालिका–१,.मा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण हुने भएको छ । वडा नं १ निवासी चन्द्र बहादुर गुरुङका छोरा भीम बहादुर गुरुङले १ रोपनी १ आना जग्गा तातोपानी खारपानी क्षेत्रमा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माणका लागि दान गरेका छन् ।
भवन निमार्णका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट रु ३८ लाख ६८ हजार विनियोजित भएको वडा न. १ का अध्यक्ष इन्द्र व. गुरुङले बताए । गुरुङका अनुसार उक्त क्षेत्रमा स्वास्थ्य एकाइ भवन निर्माण सँगै धिप्राङ, रुम्जा,मिर्सा,छिवाङ,करुवा, कपुचे, साँदल साथै वडा न. २ क्षेत्रका चिप्लेटी गाजिब्राङ, काभ्रे, भराभरी लगायतका क्षेत्रका स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवाका लागि करिब ४–१२ कि.मि को यात्रा गर्दै टुसे र सार्दीखोला स्वास्थ्य चौकी सम्म पुग्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे ।
भौगोलिक विकटताले स्वास्थ्य सेवा बाट बनचित स्थानीय, भवन निर्माण हुने खबरले उनीहरूमा खुसीयाली छाएको छ ।

