भूकम्प पुनर्निर्माणदेखि भोटेकोशी बाढीसम्म उद्धार र राहतमा सक्रिय पानबहादुर जी.सी

Headlines होमपेज

भूकम्प पुनर्निर्माणदेखि भोटेकोशी बाढीसम्म उद्धार र राहतमा सक्रिय पानबहादुर जी.सी

पोखरा,कास्की । प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनर्निर्माणका काममा स्वयंसेवक परिचालन गर्दै आएका नेशनल भोलिन्टियर फोर्स, गण्डकी प्रदेशका युनिफाइड कमाण्डर पानबहादुर जी।सी।ले विपद् व्यवस्थापनमा स्वयंसेवक टोलीलाई तयारी अवस्थामा राखिएको बताएका छन्।

नेशनल भोलिन्टियर फोर्स, गण्डकी प्रदेश पोखराले जारी गरेको विज्ञप्तिमा प्रदेशका विभिन्न जिल्लामा निरन्तरको भारी वर्षाका कारण बाढी, भूक्षय तथा अन्य प्राकृतिक प्रकोपको जोखिम रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, सुरक्षित स्थानमा रहन तथा आवश्यक पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।

विज्ञप्तिमा कुनै पनि विपद् वा आपत्कालीन अवस्थामा राहत तथा उद्धारका लागि फोर्स २४ घण्टा तयारी अवस्थामा रहेको जनाइएको छ। साथै, विपद्का समयमा भ्रमपूर्ण सूचना फैलिन सक्ने भएकाले आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन र सूचना प्रवाहमा समेत सावधानी अपनाउन आग्रह गरिएको छ।

यसअघि पनि जी।सी। विभिन्न विपद्का समयमा स्वयंसेवक परिचालन तथा राहत–उद्धारका गतिविधिमा सहभागी हुँदै आएको जनाइएको छ। २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेकपा ९एमाले० गण्डकी प्रदेश कमिटीको तर्फबाट उनको नेतृत्वमा स्वयंसेवक टोली रुकुम पश्चिमलगायत प्रभावित क्षेत्रमा परिचालन भएको थियो। उक्त टोलीले ५५ वटा अस्थायी टहरा निर्माण गर्नुका साथै खाद्यान्न, सिरक, त्रिपाल तथा लत्ताकपडा वितरण र विद्यालय तथा स्वास्थ्य चौकी पुनर्निर्माणमा सहयोग गरेको बताइएको छ।

त्यसैगरी, २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि पनि जी।सी। स्वयंसेवक टोलीसहित प्रभावित क्षेत्रमा पुगेको बताइएको छ। टोलीले खाद्यान्न, लत्ताकपडा, त्रिपाल तथा औषधिलगायतका राहत सामग्री प्रभावित नागरिकसम्म पुर्‍याएको थियो।

बाढी प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहतसँगै उनीहरूको सुरक्षित आवास, क्षतिपूर्ति र दीर्घकालीन पुनर्स्थापनाका विषयमा समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको जी।सी।को भनाइ छ।

हाल नेशनल भोलिन्टियर फोर्स, गण्डकी प्रदेशमार्फत विपद् व्यवस्थापनमा स्वयंसेवक परिचालनलाई निरन्तरता दिइरहेको बताउँदै जी।सी।ले विपद्को समयमा आवश्यक परे प्रदेशका विभिन्न क्षेत्रमा स्वयंसेवक परिचालन गर्न फोर्स तयार रहेको जानकारी दिएका छन्।

कुनै पनि प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनर्निर्माणसम्बन्धी आवश्यक सहयोगका लागि नेशनल भोलिन्टियर फोर्स, गण्डकी प्रदेशका युनिफाइड कमाण्डर पानबहादुर जी.सी.को मोबाइल नम्बर ९८५६०३०५४४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।