२५ न.वडाका जनप्रतिनिधि र टोल विकास संस्था बिच अन्तरक्रिया

Headlines समाचार

पोखरा महानगरपालिका वडा न २५ का ३३ वाटै टोल विकास संस्थाका प्रतिनिधि  र वडाका जनप्रतिनिधिहरू बिच स्थानीय बासीका गुनासा र  समस्याका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ।

कार्यक्रममा वडा अन्तर्गतका टोलको सरसफाइ, बिपद तयारी, सडक बत्ती मर्मत, हरियाली प्रवर्द्धन लगायतका विषयमा महत्त्वपूर्ण  छलफल भएको छ ।

कार्यक्रमका बिच २५ न. वडा अन्तर्गतका  टोलका प्रतिनिधिहरुलाइ पन्जा, मास्क, गार्बेज ब्याग लगायतका सरसफाइ सामग्री वितरण गरिएको २५ न. वडा कार्यालयका अध्यक्ष एवं महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले जानकारी दिनुभयो ।

आफ्नो टोललाई सधैँ सफा र सुन्दर राख्नका लागि अन्य थप प्रवर्द्धनात्मक क्रियाकलाप वडा बाट सञ्चालन गर्ने उदेशय रहेको समेत उल्लेख गरे ।