माछापुच्छ्रे गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय कास्कीको सार्वजनिक सुनुवाइ सम्पन्न
पौष २४, हेमजा । जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा माछापुच्छ्रे« गाउँपालिकाको समन्वयमा कास्कीको माछापुच्छ्रे« गाउँपालिकामा बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । जिल्लास्थित विषयगत कार्यालयहरूबाट सम्पादन हुने विकास निमार्ण र सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लाभित्रका सार्वजनिक निकायहरूबाट प्रवाह हुने सेवाको अवस्था र नागरिकका गुनासो तथा सुझाव सङ्कलन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको कार्यक्रम अध्यक्ष एवं जिल्ला प्रशासन कार्यालय कास्की,प्रमुख जिल्ला अधिकारी रुद्धादेवी शर्माले मर्दिसेति डटकमलाई जानकारी दिनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सर्वसाधरणहरुले दैनिक जीवन यापनमा भोगेका समस्याहरू उठान गरेका थिए । अधिकांश सहभागीहरूले सार्वजनिक जग्गा,सडक,बाटो,विद्युत्,सुरक्षा लागायता विषयहरूमा आ–आफ्ना धारणहरूको उठान गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी रुद्धादेवी शर्माको अध्यक्षता एवं माछापुच्छ्रे« गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङको प्रमुख आथिथ्यितामा सम्पन्न कार्यक्रममा,गाउँपालिका उपाध्यक्ष सिता अधिकारी ,सहायक प्रमुख जिल्ला अधिकारी चित्रङ्गत बराल,शिव लम्साल,जिल्ला प्रहरी कार्यालय कास्की,प्रहरी उपरीक्षक नवीन कार्की ,सप्रब नेपाल न.२४ गण हेक्वा कालिका,कास्कीका सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सेना,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कास्की उपअनुसन्धान निर्देशक मोहन बहादुर कुवर, कष्णदल गण फुलारी ब्यारेक पोखराका सेनानी सन्दीप केसी, माछापुच्छ्रे« गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदी,जिल्ला सँग सम्बन्धी विषयगत कार्यालयहरूका प्रमुख एवं प्रतिनिधिहरू,गाउँपालिका मातहतका वडाका वडा अध्यक्ष ज्यहरु , कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू,वडा सचिवहरू,अन्य कर्मचारी साथै पत्रकार महासङ्घ गण्डकी एवं जिल्लाका पदाधिकारीहरू, स्थानीय आमा समुह,युवा क्लब,विभिन्न सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि साथै स्थानीय नगरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी निकायका प्रमुख एवं प्रतिनिधिले आ–आफ्ना कार्यालय सँगै उठेका विषयगत प्रश्नको जवाफ एवं सेवा बारे भनाई राखेका थिए ।

