पौष २१ । शिद्धवराह हुम्दी डाडागाउँ भलिबल क्लबको आयोजनामा कात्तिक १० गते देखि १४ गते सम्म डाडागाउँ खेलमैदानमा सञ्चालन भएको भलिबल प्रतियोगिताको आय व्यय शनिवार सार्वजनिक भएको छ । जसमा आम्दानी ३९४,७१३ मा २७१,४८९ खर्च गरी कुल १२३,२२३ बचत भएको आयोजकले जानकारी दिएको छ । बचत रकम आगामी दिनमा आवश्यकताका आधारमा खेलमैदान व्यवस्थापनमा खर्च गरिने क्लबका अध्यक्ष युवाराज गुरुङले बताए ।

भलिबल प्रतियोगिताका खेल संयोजक अमृत लामिछानेले उक्त भलिबल प्रतियोगिता सम्पन्न गर्न आर्थिक, नैतिक,भौतिक रूपमा सहयोग गर्ने महानुभावहरूमा धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, युवा क्लब, टोल विकास संस्था, आमासमुह , स्थानीय एवं विभिन्न सङ्घसंस्था प्रमुख एवं प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।


