पोखरा । कास्की बचत तथा ऋण सहकारी संघको २५ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको अवसरमा बोल्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दीपक राज बास्तोलाले सहकारी संस्थाहरू नीति,विधि र प्रविधिका साथ सदस्य केन्द्रित व्यवसायमा उन्मुख हुनुपर्ने बताए । सोही अवसरमा विभिन्न विधामा सम्मानित हुने संस्था एवं व्यत्तित्वहरुलाई बधाईका साथ शुभकामना प्रकट गरे ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भेषराज बराल , पूर्व अध्यक्ष सुदीप ढकाल,साथै सल्लाहकारहरुकले शुभकामना दिएका थिए । उक्त कार्यक्रममा लेखा सुपरिवेक्षण समिति, सञ्चालक समिति र विभिन्न उप समिति लगायत सदस्य संस्थाहरूको प्रमुख एवं प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहको थियो ।
कार्यक्रमका बिच माछापुच्छ्रे« –२,को “सार्दिखोला सकोस्” लाई बखान सहकारी अवार्डबाट र पोखरा –१९,जयलक्ष्मी सा कोसका व्यवस्थापक सुशील के.सिलाई राइफाइसन सहकारी अवार्डबाट सम्मान गरिएको थियो ।
सञ्चालक समितिका कोषाध्यक्ष केशव सरण पौडेलले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र सचिव मिनराज तिमल्सिनाले प्रस्तुत गरेको सचिवको प्रतिवेदनलाई सभाले पारित गरेका छ ।
सङ्घका अध्यक्ष शेर बहादुर काकीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीको ७ सिद्धान्त सञ्चालक मेनका
पौडेल , स्वागत मन्तव्य सङ्घका उपाध्यक्ष ईश्वर प्रसाद सुवेदीले र सञ्चालन सचिव मिनराज तिमल्सिनाले गरेका थिए ।

