पौष २१, हेमजा । विष्णु पादुका क्लब हेमजाको आयोजनामा प्रथम विष्णु पादुका आमन्त्रित महिला फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । 
“स्वास्थ्य र सदभावका लागि खेलकुद” भन्ने मूल नारा साथ अगामी माघ १ गते देखि ३ गते सम्म विष्णु पादुका खेल मैदानमा पोखरा–२५ हेमजा हुने क्लबका अध्यक्ष वसन्त कुमार श्रेष्ठले मर्दीसेति डटकमलाई जानकारी दिए । 
प्रतियोगिता विजेताले नगद रु ५० हजार, उपविजेताले नगद रु २५,००० साथमा ट्रफि, मेडल र प्रमाण प्राप्त गर्नेछन् । त्यस्तै सेमि फाईनलिष्ट समूहलाई नगद रु १०,००० प्रदान गरिन गण्डकी प्रदेश महिला फुटबलका मुख्य प्रशिक्षक एवं कार्यक्रम व्यवस्थापक सुविन श्रेष्ठले जानकारी दिए । 
विधागत पुरस्कार तर्फ सर्बोत्कृट खेलाडी, उत्कृष्ट गोलरक्षक , उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट फरवार्ड र सर्वाधिक गोलकर्ता लगायतका प्रत्येक विधामा नगद रु २००० साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । आमन्त्रीत प्रति समूहलाई सहभागिता दर्ता बापट नगद रु ५००० हजार लाग्ने आयोजकले जानकारी दिएको छ ।

