पोखरा । वि.सं २०५६ सालमा स्थापना भई सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील हेमजाको सामाजिक संस्था एम।एस।डि।ओ।ले २४औँ साधारणसभा तथा १४औँ अधिवेशन सम्पन्न गरेको छ।
अधिवेशनले शंकरमणि त्रिपाठी (छन्दमणि)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा शिव त्रिपाठी, सचिवमा मनोज त्रिपाठी, कोषाध्यक्षमा ओमकुमारी आचार्य, सहसचिवमा कपिलराज दाहाल तथा सदस्यहरूमा विश्वराज पौडेल, नारायणी दाहाल, उषा थापा कुँवर, ध्रुव त्रिपाठी र सबिना तिम्सिना चयन भएका छन् ।
अधिवेशनमा प्रमुख अतिथिका रूपमा बोल्दै पोखरा महानगरपालिका–२५ का वडा सदस्य सुवास भण्डारीले एम।एस।डि।ओ।ले सामाजिक क्षेत्रमा विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै संस्थालाई थप सक्रिय बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले नयाँ पुस्तालाई सामाजिक गतिविधिमा जोड्दै नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने भावना विकास गर्न संस्थाले विशेष भूमिका खेल्नुपर्ने धारणा राखे ।
समाजसेवी अधिवक्ता रामचन्द्र त्रिपाठीले एम।एस।डि।ओ। हेमजाको विकासको अवधारणा अघि सार्ने संस्थाका रूपमा स्थापित रहेको उल्लेख गर्दै समयअनुसार संस्थागत रूपमा अद्यावधिक हुँदै अघि बढ्नुपर्ने बताए।
त्यस्तै, निवर्तमान वडा अध्यक्ष शोभाकर तिम्सिनाले संस्थाले आफ्नो विशिष्ट पहिचानलाई कायम राख्दै पुनः सक्रिय भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए। संस्थापक अध्यक्ष कृष्णबहादुर कुँवर र संस्थापक सचिव दामोदर त्रिपाठीले पनि संस्थालाई थप सक्रिय बनाउँदै अघि बढाउन आफ्नो पूर्ण सहयोग र सहभागिता रहने प्रतिबद्धता व्यक्त गरे।
साधारणसभामा कोषाध्यक्ष ओमकुमारी आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो। सचिव शंकरमणि त्रिपाठीले प्रस्तुत गरेको सचिवको प्रतिवेदनमा संस्थाको विगत, वर्तमान अवस्था तथा आगामी योजनाहरू समेटिएका थिए।
प्रतिवेदनमा संस्थाको भवन मर्मत–सम्भार, सचेतनामूलक कार्यक्रम सञ्चालन, संस्थागत विकास, हेमजाको पूर्वाधार विकासमा ध्यान, वडा कार्यालय तथा स्थानीय संघसंस्थासँग समन्वय र सहकार्य, स्वरोजगारसम्बन्धी तालिम सञ्चालन तथा राष्ट्रियस्तरका संवाद र बहसमूलक कार्यक्रम सञ्चालन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
अधिवेशनको निर्वाचन संयोजकमा भीमप्रसाद श्रेष्ठ तथा सदस्यमा माधवशरण पौडेल र श्रीराम त्रिपाठी रहेका थिए। संस्थाका अध्यक्ष चिदानन्द त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष श्रीराम त्रिपाठीले गरेका थिए भने सञ्चालन सचिव शंकरमणि त्रिपाठी ९छन्दमणि०ले गरेका थिए।

