नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले दीप प्रज्वलन गर्दै संविधान दिवस भव्यताका साथ भनाएको छ । नेपालको संविधान जारी भएको दिनको अवसरमा पोखरा रगशाल परिसर भित्र दीप प्रज्वलन कार्यक्रम गरेको हो ।
कास्की सङ्घका वरिष्ठ उपाध्यक्ष श्री रेख माया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष श्री देवेन्द्र कुमार शेरचन प्रमुख अतिथि रहेका थिए । उनले संविधान सबै वर्गको पक्षमा रहेको हुँदा अव जनताको भावना अनुसार अघि बढ्न जरुरी रहेको बताए ।
दीप प्रज्वलनमा सङ्घका विभिन्न विशिष्ट व्यक्तित्व, पदाधिकारी, समितिका सदस्यहरू, साथै खेलाडी साथीहरूको उपस्थितिमा सम्पूर्ण ज्ञात अज्ञात सहिद हरूको सम्झनामा हार्दिक श्रद्धा सुमन अर्पण सहित दीप प्रज्वलन गरिएको थियो ।
कास्की सङ्घका वरिष्ठ उपाध्यक्ष श्री रेख माया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सङ्घका सचिव बिनम गुरुङले गरेका थिए ।

