लियो क्लब अफ पोखरा गण्डकीले दीप प्रज्वलन गर्दै संविधान दिवस भव्यताका साथ भनाएको छ । नेपालको संविधान जारी भएको दिनको अवसरमा पोखरा–२५,हेमजा स्थित लामचोतारामा दीप प्रज्वलन कार्यक्रम गरेको हो ।
क्लवको अध्यक्ष अनिषा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लियो जिल्ला परिषद् ३२५जे नेपालका अध्यक्ष निराजन अधिकारी प्रमुख अतिथि रहेका थिए । उनले संविधान सबै वर्गको पक्षमा रहेको हुँदा अव जनताको भावना अनुसार अबको नेतृत्वले आवश्यकता अनुरुप संशोधन गरी अघि बढ्न जरुरी रहेको बताए ।
दीप प्रज्वलनमा पोखरा गण्डकीका पूर्व अध्यक्ष कपिलराज दाहाल ,निवर्तमान अध्यक्ष दिवस बराल साथै क्लबका पदाधिकारी एवं सदस्यहरू साथै स्थानीयहरूको बाक्लो उपस्थितिमा सम्पूर्ण ज्ञात अज्ञात सहिद हरूको सम्झनामा हार्दिक श्रद्धा सुमन अर्पण सहित दीप प्रज्वलन गरिएको थियो ।
लियो पोखरा गण्डकी अध्यक्ष अनिषा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष समीक्षा पोख्रेले गरेकी थिइन् ।

