विष्णुपादुका धार्मिक क्षेत्रमा असोजको ६ गतेदेखि १४ गतेसम्म ९ दिने विराट ज्ञान महायज्ञ तथा देवीभागवत् महापुराण कथा वाचन हुने भएको छ । विष्णुपादुका धार्मिक क्षेत्र व्यवस्थापन समितिको आयोजनामा विष्णुपादुका माईस्थान मन्दिरमा हुन लागेको हो ।
विजया दशमी २०८२ को दुर्गा पुजाको अवसरमा हुने विराट ज्ञान महायज्ञ सम्पन्न गर्न बुधवार सम्पन्न भेलाले विष्णुपादुका धार्मिक क्षेत्र विकास समितिको अध्यक्ष चुनामणि तिम्सिनाको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरेको हो । जसमा आर्थिक उप–समिति संयोजकमा देवकृष्ण पौडेल,पूजा व्यवस्थापन उपसमिति संयोजकमा नर बहादुर सापकोटा, प्रसाद व्यवस्थापन उपसमिति संयोजकमा बुद्ध देवी कुँवर सरसफाइ उपसमिति संयोजकमा विष्णु कुमारी श्रेष्ठ,भान्सा व्यवस्थापन उपसमिति संयोजकमा वीर बहादुर भण्डारी सांस्कृतिक उपसमिति संयोजकमा रामचन्द्र दाहाल,आमा समूह परिचालन उपसमिति संयोजकमा अप्सरा तिम्सिना साथमा रमा त्रिपाठी ,प्रचारप्रसार उपसमिति संयोजक तथा शान्ति सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा कृष्णमान श्रेष्ठलाई भेलाले जिम्मेवारी दिएको छ ।
कार्यक्रम बिच कार्यसमितिका उपाध्यक्ष स्वः दयाराम बास्तोलाको २१ औँ दिनको पुण्य तिथिमा शोक सभाको कार्यक्रम गरिएको थियो । उपाध्यक्ष बास्तोलाको जीवनी बारे पूर्व गाविस अध्यक्ष रामचन्द्र त्रिपाठीले बोल्नुभएको थियो ।
विष्णुपादुका धार्मिक क्षेत्र विकास समिति अध्यक्ष चुनामणि तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सचिव कमलमणी त्रिपाठीले गरेका थिए । भेलाले असोज ६ गते शोभायात्र निकाल्ने निर्णय पनि गरेको छ ।

