मृगौला पीडित ओषना वि।कलाई बेल्जियमबाट ३ लाख १३ हजार सहयोग

Headlines

हेमजा । दुवै मृगौलाले काम नगरेको अवस्थामा उपचार गर्दै आएकी धवलागिरि गाउँपालिका–२, लुलाङकी २७ बर्षिया ओषना विकको उपचारका लागि बेल्जियम  बसोबास गर्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

बेल्जियममा रहेकी  धवलागिरि गाउँपालिका–२, लुलाङकी   तुलसंगो गौचन र पर्मला बि.कको पहलमा  रकम सङ्कलन गरी विकलाई पठाइएको हो । बेल्जियममा बसोबास गर्ने ४९ जना नेपालीबाट सङ्कलन भएको ३ लाख १३ हजार १ सय २३ रुपैयाँ रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । मृगौला पीडित ओषना वि.कलाईलाई पोखरा–२५,हेमजाका युवा समाजसेवी महादेव अधिकारी र दिलसरा रसाइलीले पोखरा–२५ हेमजा पीडितको घरमा पुगी नगद रकम हस्तान्तरण गरेका थिए ।

ओषना विक विगत ३ महिना देखि मृगौला पीडित भएर उपचार गराइरहेकी छन् । सुरुमा ब्लड प्रेसरले मृगौला र आँखामा असर गरेछि पोखराको मनिपाल अस्पतालमा उपचारका लागि पुगे र  उपचारपछि आफू मृगौला पीडित भएको  थाहा भयो त्यसपछि थप उपचारका लागि काठमाण्डौ नेशनल किड्नी सेन्टर काठमाण्डौ सम्म पुगेको बताईन ।  हाम्रो घरको आर्थिक अवस्था कमजोर छ ।  उनले भनिन  मैले र श्रीमानले  दैनिक मजदुरी गरेर जोह गरेको रकम पनि उपचारमा सकियो,यति बेला आर्थिक सङ्कटमा छौ, ‘घरमा आम्दानी छैन, आफ्नो कमाई छैन,डायलिसिस गर्न पनि गाह्रो भएको छ’ भावुक हुदैं विकले सहयोग पाए उपचार गरेर बाँच्ने ठुलो रहर भएको थप उल्लेख गरिन ।

उनको श्रीमान् सतकुमार विकका अनुसार नियमित उपचारपछि ओषनाको आमा र बुबाको मृगौला मिलेमा दिन तयार हुनुभएको बताए । सरकारी अस्पतालमा औषधि सहित प्रत्यारोपण गर्नका लागि १५ देखि २० लाख खर्च लाग्ने चिकिस्कको भनाई रहेको बताए  ।  हाल बेल्जियममा रहेकी  धवलागिरि गाउँपालिका–२, लुलाङकी   तुलसंगो गौचन र पर्मला बि।क साथै अन्य ४९ जनामा सहयोगको लागि धन्यवाद व्यक्त गरे साथै यस अगि सहयोग गर्नुहुने विभिन्न सहयोगी मनहरूलाई पनि सम्झँदै धन्यवाद दिँदै उपचारको लागि  सहयोग आउने क्रम निरन्तर नै छ , थप सरकारी निकाय, सङ्घसंस्था र विभिन्न सञ्चार माध्यमका अभियानताहरु बाट समेत सहयोगको अपेक्षा गरेको  बताए ।

ओषना विकले नियमित डायलासिस, औषधि सेवन र मिर्गौला प्रत्यारोपणका लागि स्वदेश तथा विदेशमा रहनुभएका शुभेच्छुक तथा सहयोगी संस्थालाई सहयोगको याचना गर्दै रोगी र दुखी गरिबलाई सहयोग हुन्छ भन्नेमा आशा बादी छु’ सहयोग अइरहेको छ थप  सहयोग गर्न चाहनेले प्रभु बैङ्कमा रहेको खाता नं। १०३०२३३३७६०००१७ मा सहयोग रकम जम्मा गरिदिन अपिल गरिन । थप जानकारीका लागि मर्दिसेती डटकम अथवा ओषना विक ९८६४८९२८२७ मा समेत सम्पर्क गर्न सकिने छ  ।