विष्णुपादुका क्लब हेम्जाले आयोजाना गरेको उद्घोषण तथा अभिमुखीकरण कार्यक्रम

समाचार

हेमजा स्थित विष्णुपादुका क्लवको आयोजना ३ दिने उद्घोषण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरीय महिला सञ्जाल पोखरा २५ को विशेष सहयोगमा धौलाागिरी कास्की दलित सम्पर्क समाजको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । विशेष गरेर पोखरा २५ सुइखेत क्षेत्रका विभिन्न टोलमा बसोबास गर्ने दलित महिलाहरुलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको भएपनि हेम्जामा रहेका महिला समूहका प्रतिनिधिको पनि उत्साहजनक सहभातिता भएको छ ।
कार्यक्रमको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम पोखरा २५ का महिला सदस्य धनकुमारी पोख्रेलले बसाइसराइ गरेर अन्य क्षेत्रबाट आएका समुदायहरुले गर्दा नै हेम्जा क्षेत्रको विकास भएको बताउदै वडाले सधैं साथ सहयोग गर्ने बताउनुभयो । पदिय रुपमा महिला कुनै स्थानमा पुगे पनि अधिकार सम्पन्न हुन नसकेको बताउदै बोल्नेकलाको विकासले आफ्नो हक अधिकारका लागि लड्न र आवाज बुलन्द गर्न मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

धवलागिरी कास्की दलित सम्पर्क समाजका अध्यक्ष रनबहादुर सिपालीले विष्णुपादुका क्लबले आफ्नो आग्रहलाई स्विकार गरेर तालिम प्रदान गरेकोमा क्लबलाई धन्यवाद दिनुभयो ।

सहभागीको तर्फबाट बोल्दै बबिता विक र सपना सुनारले तालिम निकै प्रभावकारी भएको बताउदै यस्ता अवसरमा फेरि पनि सरिक गराउन जनप्रतिनिधी एवम आयोजकलाई आग्रह गर्नुभयो ।

प्रमुख प्रशिक्षक रेडियो सफलताका स्टेशन प्रमुख, पत्रकार मधु अधिकारीले बोल्नेकला भाषण र मन्तव्य दिनमात्र नभई हरेक व्यक्ति संग सवांद र बोलीचालीमा उतिकै आवश्यक पर्ने बताउनुभयो । कार्यक्रममा पोखरा २५ का वडा सदस्य तारा विश्वकर्मा, महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीना, सिल्पी समाजका अध्यक्ष ए.वी खाती लगाएतले सहभागीलाई शुभकामना दिनुभयो ।

क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव हिक्मतबहादुर थापाले गर्नभएको थियो ।