मंसिर २८ । देवीस्थान कृषि सहकारी संस्था ली.पोखरा–२५,हेमजाले १५ औ वार्षिक साधारण सभा तथा ६ औ अधिवेशन शनिवार सम्पन्न गरेको छ । सङ्घका अध्यक्ष श्याम ब.खडकाकोको अध्यक्षतामा एवं कृषि सामग्री कम्पनी ली. पोखराका प्रमुख श्री ठाकुर प्रसाद बास्तोला को प्रमुख आतिथ्ययतामा उक्त साधारण सभा एवं अधिवेशन सम्पन्न भएको थियो ।
निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता श्री माधव राज बास्तोला रहेको अधिवेशनले नयाँ कार्य समिति अध्यक्ष पदमा श्याम बहादुर खडका ,उपाध्यक्ष महादेव पौडेल ,सचिव गोविन्दराज बास्तोला,कोषाध्यक्ष खिमलाल तिम्सिना,सदस्यहरूमा ईश्वर सापकोटा कृष्ण बहादुर भण्डारी,मोहन बहादुर,भण्डारी, भीम प्रसाद श्रेष्ठ, मैयाँ सापकोटा,लेख समिति संयोजकमा दुर्गा प्रसाद तिम्सिना,सदस्यमा बालराम पौडेल र दुर्गा के.सी सर्वसम्मत निर्वाचित भएका छन्।
कार्यक्रमकाको उद्घाटन गर्दै प्रमुख अतिथि बास्तोलाले कृषिमा लगानी गर्नुपर्ने जोड दिए। नवनिर्वाचित अध्यक्ष श्याम बहादुर खडकाले आगामी दिनमा सहकारीको हक हितमा थप कार्य योजनाका साथ अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

