फागुन २६ गते  देखि हेमजा होली कप 

खेलकुद

फागुन २६ गते  देखि हेमजा होली कप ५ ए साइड फुटबल टुर्नामेन्ट हुने भएको छ । ‘एकता र विकासका लागि खेलकुद’ भन्ने नाराका साथ होली पर्वको अवसरमा स्थानीय हेमजा युनाइटेड क्लबले आयोजना गरेको टुर्नामेन्ट फागुन २९ गतेसम्म सञ्चालन हुने क्लब अध्यक्ष राजेश त्रिपाठीले बताए ।

टुर्नामेन्टमा हेमजाका साबिक ९ वटा वडा र साबिक लाहाचोक गाविसका वडाहरूलाई आमन्त्रण गरिएको कार्यक्रम संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए । टुर्नामेन्टमा साबिक वडा खुला उमेर समूह, साबिक वडा २ ९ वर्ष र सोभन्दा माथिको उमेर समूह र साबिक वडा ३९ वर्ष र सोभन्दा माथिको उमेर समूहको खेल समावेश गरिएको छ ।

टुर्नामेन्टका विजेताले मेडल र खसी प्राप्त गर्ने छ भने उपविजेताले मेडल र बोका पाउने छन् ।