हेमजा साहित्य प्रतिष्ठानको वक्तृत्वकलामा प्रशंसा तिम्सिना त्रिपाठी प्रथम

साहित्य

हेमजा, २३ फागुन
हेमजा साहित्य प्रतिष्ठान नेपालले ११५ औँ अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा शुक्रवार हेमजामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

महिला सशक्तीकरणमा टेवा पुर्‍याउने उद्देश्यले  हेमजामा रहेका महिलाका बिचमाू परिवार व्यवस्थापनमा महिलाको भूमिका ू शीर्षकमा  प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम प्रशंसा तिम्सिना त्रिपाठी  दहरे देउराली आमा समूह, द्वितीय९राधिका पौडेल९ गौरीशङ्कर आमा समूह, तृतीय९ सुशीला बास्तोला ९ नमुना आमा समूह र सान्त्वना गीता बराल अधिकारी९ सृजनशील आमा समूह रहेका छन् । प्रतियोगिताको निर्णायकमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य डा। डिलकुमारी पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना, कवि लक्ष्मी थापा रहेका थिए। १५ आमा समूह सहभागी रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथि पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य धनकुमारी पोखरेल  तिम्सिनाले  महिलाहरूको प्रतिभालाई उजागर गर्ने कार्यक्रम गरेकोमा प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्दै प्रतियोगीहरूको प्रस्तुतिले आफू अत्यन्त हर्षित रहको बताइन । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २५ का वडा सदस्य तारा विश्वकर्मा, प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्ण प्रसाद पौडेल, महिला सञ्जाल समिति हेमजा का अध्यक्ष अप्सरा तिम्सिना लगायतले आफ्नो भनाई राखेका थिए।

प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अध्यक्षता भएको कार्यक्रममा स्वागत उपाध्यक्ष छन्दमणि त्रिपाठी र सञ्चालन सचिव छन्दिका त्रिपाठीले गरिन ।