“युवा एकता र विकासका लागि खेलकुद”, भन्ने मूल नाराका साथ पोखरा–२५, हेमजामा स्थापित हेमजा युनाइटेडको शनिवार सम्पन्न सातौँ वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले कृष्णमान श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले यूनाइटेडको उपाध्यक्षमा इन्द्र बहादुर कुवार, सचिवमा महादेव अधिकारी, कोषाध्यक्षमा नीराजन अधिकारी, सह–सचिवमा वसन्तराज अधिकारी,सदस्यमा भेग बहादुर सापकोटा,इस्वर सापकोटा,राम ब.सापकोटा, विवेक नेपाली,सौरभ कार्की, मधुसूदन बास्तोला, सिता नेपाली, बाबुराम दाहाल, मनोज त्रिपाठी र सुधीर थापा चयन भए ।
वडा न.२५ हेमजाका सुचना अधिकारी ईश्वरीप्रसाद बास्तोला संयोजक तथा समाजसेवी भीम प्रसाद श्रेष्ठ र भोजराज पौडेल सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
यसअघि अधिवेशन उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रवक्ता एवं पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाले खेलमार्फत हेमजालाई चिनाउन युनाइटेडको भूमिका महत्त्वपूर्ण रहँदै बताए । खेलमैदान स्तर उन्नतिमा लागि वडा तथा महानगरको विगत झैँ निरन्तर साथ रहने समेत बताए ।
कार्यक्रममा सल्लाहकार एवं कास्की जिल्ला फुटबल सँघ तथा गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष जगत् बहादुर थापा,सल्लाहकार नवराज अधिकारी, भोजराज पौडेल, विशाल जङ्ग कुँवर, २५ न।वडा कार्यालयका निवर्तमान अध्यक्ष शोभाकर तिम्सिना, गौरीशंकर बहुमुखी क्यापसका प्रमुख कृष्ण प्रसाद पौडेल, महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिना लगायतले बोलेका थिए ।
भेलाले सचिव सुनिल गायकले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेद र कोषाध्यक्ष मोहदत्त पौडेल(मणि)ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
युनाइटेडका अध्यक्ष राजेश त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उमा भुर्तेल पौडेलले स्वागत र सचिव सुनिल गायकले सञ्चालन गरे ।

