गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

Headlines खेलकुद

पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरी सम्पन्न भयो ।

संघको उपाध्यक्षमा किसन जिसी, सचिवमा अनुष कुँवर, कोषाध्यक्षमा भिममाया गुरुङ ९ज्योति०, सहसचिवमा शिव प्रसाद न्यौपाने ९नवलपुर०, सदस्यहरुमा क्षितिज गुरुङ ९मनाङ०, विकासकृष्ण नकर्मी ९कास्की०, दिपकराज गिरी ९कास्की०, अविश्चल भुजेल ९स्याङजा०, खुमबहादुर कार्की ९तनहुँ० र दर्पण श्रेष्ठ ९स्याङ्जा० सर्वसम्मत रुपमा चयन भएका थिए । संघमा रिक्त एक उपाध्यक्ष र एक सदस्य पदमा प्रदेश खेलकुद परिषद् गण्डकीले मनोनयन गरी संघ १३ सदस्यीय हुने छ ।

 

कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वोज कुमार गुरुङले अधिवेशनको उद्घाटन गर्दै खेलकुदको विकास र राम्रा खेलाडिहरुको उत्पादनमा प्रदेश खेलकुद परिषद सधैं तत्पर रहने वताउँदै २०८१ चैत्र २३ गते देखि हुन गइरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट भएका खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शन गर्न चाडै नै वन्द प्रशिक्षणको लागि तयारी भएको वताए ।

सो अवसरमा अखिल नेपाल टेबुलटेनिस संघका उपाध्यक्ष एवम् केन्द्रका प्रतिनिधि प्रकाश पौडेल, प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिलबहादुर गुरुङ, परिषदका वोर्ड सदस्य एवम् निर्वाचन संयोजक केशव पाठक लगायतले शुभकामना व्यक्त गरेका थिए ।

संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य गंगाराज पौडेलले र कार्यक्रम संचालन तथा संघको प्रतिवेदन सचिव अनुप श्रेष्ठले प्रस्तुत गरेका थिए ।