सामुदायिक रेडियो प्रसारक संघ(अकोराब) नेपाल गण्डकी प्रदेश नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम मंगलवार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रेस रजिस्ट्रार विमाला भण्डारीले रेडियो बाट आफ्नो पत्रकारिताको थालन भएको बताउदै सामुदायिक एवं स्थागत रेडियोको महत्व, भूमिका र आवश्यकता बारे प्रष्ट रहेको जिकिर गरिन । सामाजिक रुपान्तरणमा रेडियोहरुको महत्वपुर्ण भुमिका रहेको बताईन । सोहि अवसरमा सामुदायिक रेडियोहरु समुदायको सबैभन्दा नजिक हुने भएकोले समुदाय र सरकार बीचको सम्बन्धमा मजवुद बनाउन महत्वपुर्ण योगदान पु¥याएको भन्दै रेडियोहरुको विकासका लागि गण्डकी प्रदेश सरकार सहकार्य गर्न प्रतिवद्ध रहेको बताईन ।
अकोरव गण्डकीका निवर्तमान अध्यक्ष गणेश कुमार श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन सक्रिय नेतृत्वको कार्यसमितिलाई धन्यवाद दिदै नयाँ निर्वाचित कार्यसमितिलाई धन्यवाद साथ सफल कार्यकालको शुभकामना दिए ।
अकोरव गण्डकीका नवनिर्वाचित अध्यक्ष ओमकार आर्चार्यले अकोराबको गरिमा उच्च बनाउन आफु नेतृत्वको कार्यसमिति प्रतिबद्ध भएर काम गर्ने बताए । साथै रेडियोहरुको पछिल्लो अवस्था निकै संकटमा रहेको बताउदै यसको संरक्षण लागि सरकारले महत्वपुर्ण भुमिका खेल्लुपर्ने धारण राखे ।
प्रेस स्वतन्त्रता सेनानी, नेपाल पत्रकार महासघं कास्कीका पुर्व अध्यक्ष पुण्य पौडेल, अकोराबका पुर्व कन्द्रिय सदस्य राम नारायण सुवेदी, क्षे.हुलाक निर्देशनालय शाखा अधिकृत तुलसी प्रसाद आचार्य लगाएतले शुभकामना दिएका थिए ।
माद्र २८ गते सम्पन्न निर्वाचनमा अध्यक्षमा ओमकार आचार्य, उपाध्यक्ष शान्ता थापा, सचिव मोतिलाल अधिकारी, कोषाध्यक्ष तिर्थ बहादुर.के.सी र सदस्यमा शिव कुमार क्षेष्ठ निर्विरोध चयन भएका हुन । आगामी बैठक बाट २ सदस्य थप गरि ७ सदस्य समितिलाई पुर्ण दिन निर्वाचित सचिव मोतिलाल अधिकारीले बताए ।
कार्यक्रमका विच हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचन बाट कास्की कार्यसमिति सदस्यमा निर्वाचित सामुदायिक रेडियो हेमजाका स्टेशन म्यानेजर एवं अकोराब कास्की सदस्य निराजन अधिकारीलाई सम्मान गरिएको थियो ।
निवर्तमान अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सदस्य शिव कुवार श्रेष्ठले र सञ्चालन सचिव मोतिलाल अधिकारीले गरेका थिए ।




