कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खडकराज पाैडेल ( गनेश) को जित सुनिश्चित भएको छ । ७० हजार २ सय ३६ मत खसेकोमा ५३ हजार १७२ मत सदर भएको छ । जसमा २ हजार २ सय १४ मत बदर छ ।
१४ हजार ८ सय ५० मत गन्न बाँकी हुँदा रास्वपाका गनेश २१ हजार ३ सय मतान्तरले अगाडि छन् । गनेशले ३० हजार ४ सय ८१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपालि कांग्रेसका तिलक रानाभाटले ९ हजार १ सय ८१ मत ल्याएका छन् ।
नेपापा एमालेका बैन बहादुर अधिकारी क्षेत्री तेस्रो हुँदै ८ हजार ७ सय ६१ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले १ हजार ९ सय ९२ मत ल्याएका छन् ।
निर्वाचन आयोगले गणना सकेर मतपरिणाम घोषणा गर्ने तयारी गरेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द् शाहकाे निकट रहेका गनेशले पुराना राजनितिक दलकाे बिरासत तोड्दै संसदको यात्रा तय गरेका हुन् ।

