माछापुच्छ्रे« त्रिशक्ति युनाइटेड क्लबको मानव सेवा आश्रम कास्कीलाई नगद सहयोग । 

Headlines समाचार होमपेज

कास्की माछापुच्छ्रे गाउँपालिका–४,लाहाचोकमा स्थापित माछापुच्छ्रे« त्रिशक्ति युनाइटेड क्लबले बिहीबार  मानव सेवा आश्रम कास्कीलाई नगद सहयोग गरेको छ  ।


युनाइटेड  क्लबको ९ औं वार्षिकोत्सवको अवसरमा हेमजामा अवस्थित मानव सेवा आश्रम शाखा कार्यालय कास्की प्राङ्गणमा  कार्यक्रमका बिच नगद रु १६ हजार आश्रमलाई सहयोग हस्तान्तरण गरेको हो ।

क्लबका पदाधिकारीहरू, सल्लाहकार साथै अन्य खेलकुद पेमी शुभचिन्तकहरूको संयुक्त उपस्थितिमा सहयोग हस्तान्तरण गर्दै क्लबका अध्यक्ष पवन सर्माले सडक मानवलाई आश्रममा ल्याएर सम्मानपूर्वक सेवा प्रदान गरिरहेको मानवसेवा आश्रमको काम प्रशंसनीय भएको बताए ।

मानव सेवा आश्रम परिवारले पनि सहयोगी माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लब  परिवार प्रति आभार व्यक्त गरेको छ ।

युनाईटले खेलकुदका कार्यक्रम सँगै अन्य सामाजिक कार्यमा सक्रिय हुँदै  माछापुच्छ्रे« गाउँपालिकाको खेलकुद क्षेत्रको विकास लागी स्थापनाकाल देखिनै निरन्तर अग्र पन्थीमा रहेर कार्य गर्दै आएको छ ।