कास्की , कात्तिक ९ गते । “मैत्री भाव तथा स्वास्थ्यका लागि खेलकुद ” भन्ने मूल नाराका साथ सिद्धबराह हुम्दी डाँडा गाउँ भलिबल क्लबको आयोजनामा यही कात्तिक १० गते देखी सञ्चालन भएको माछापुच्छ्रे गाउँपालिका अन्तर गाउँस्तरीय प्रथम पुरुष भलिबल प्रतियोगिता –२०८२ को दोस्रो दिन सम्म ८ खेल सम्पन्न भएको छ ।
कात्तिक १० माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङको प्रमुख अतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको थियो । आयोजकले पहिलो दिन ४ खेल सम्पन्न गरेको थियो । पहिलो उद्घाटन खेल पातिखोला र खहरे बिच भयो,जसमा पालिखोलाले विजय सुरुवात गर्न सफल भयो , दोस्रो खेल खादर्जुङ्ग र नयाँ पुल क्लब बिच भएकोमा खादर्जुङ्गले नयाँ पुललाई सोझो दुई सेट मानै पराजित गर्न सफल भयो । तेस्रो खेल भुर्जुङ्गखोला र घाचोक बिच भएको थियो जसमा घाचोकले पनि सोझो दुई सेट हात पार्दै भुर्जुङ्गखोलालाई पराजित ग¥यो । चौथो खेलमा खोरामुखलाई सोझो दुई सेटले पछि पार्दै कुईवाङ्गले आगामी यात्रा तय गर्न सफल भएको थियो ।
यता कात्तिक ११ गते पनि ४ खेल सम्पन्न ग¥यो । पहिलो खेलमा ठाँटीले पहिलो र तेस्रो सेट हात पार्दै लुम्रेलाई पराजित गर्न सफल भयो । दोस्रो खेलमा घल्लेले निरन्तर दुई सेट जित्दै ल्वाङलाई पराजित ग¥यो । तेस्रो खेलमा आयोजक डाँडा गाउँ बिलाइ सोझो दुई सेटले पछि पार्दै घाचोक टुसेले आगामी यात्रा तय गर्न सफल भयो । चौथो खेल खैबर्याङ्गले आयोजक डाँडागाउँलाई निरन्तर दुई सेटले पछि पार्दै विजय भयो ।
माछापुच्छ्रे –५ रिभान हुम्दी डाँडा गाउँ खेल मैदानमा कात्तिक १० गते देखी जारी खेल मौसम प्रतिकुल नहुदा पुर्व खेल तालिकामा एक दिन थप गरिएको र खेल १३ गते सम्पन्न हुने खेल संयोजक अमृत लामिछानेले बताए । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल प्रमाणपत्र हात पार्ने छन् । त्यस्तै, उपविजेता टिमले नगद २२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी वेस्ट स्पाईकर, वेस्ट सर्भर, वेस्ट ब्लकरलाई नगदका साथमा ट्रफि प्रदान गरिने क्लबका अध्यक्ष युवराज गुरुङले जानकारी दिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय माछापुच्छ्रे« –८, ल्वाङले नगद रु ३० हजार सहयोग गरि प्रथम पुरस्कार प्रायोजनको भूमिकामा रहेको आयोजकले थप उल्लेख गरेको छ ।

