जौबारी प्रहरी चेक पोस्ट हेमजाको मनिप्लान्ट सहकारी संस्थाले पुन निमार्ण गर्ने

Headlines अर्थ

 

जेनजीको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय अन्तर्गतको जौबारी प्रहरी चेक पोस्ट पोखरा–२५,हेमजा स्थित मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लि.ले  पुन निमार्ण गर्नेभएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय बगर सँगको समन्वयमा साबिकको जौबारी चेकपोस्टलाई हाल भएको स्थान भन्दा करिब २०० मिटर उत्तर तर्फ लामाचौर जोडने मोटर पुल सँगै पुन स्थापना गरिने सहमति भएको छ ।

नवयुवा (जेनजी) ले गरेको प्रदर्शन हिंसात्मक भई तोडफोड र आगलागीबाट ध्वस्त पारिएका भौतिक संरचनाको क्षेतीलाई स्थानीय जनसमुदाय,सघंसंस्था तथा राज्य सबै मिली यथाशिध्र पुनर्निर्माण नजुटे मुलुक दसकौँ वर्ष पछि पर्ने परिद्धश्यमा सामाजिक उत्तरदायित्व समेत मनन गर्दै संस्थाले प्रहरी चेक पोस्ट निमार्णको जिम्मेवारी लिएको व्यवस्थापक शिवराम थापाले जानकारी गराउनु भयो ।