पोखरा, ७ फागुन । मौरी संरक्षण सचेतना अभियान जिल्ला समिति कास्कीको आयोजित प्रथम मौरी महोत्सव–२०८१ सुरु भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर सम्पुर्ण राष्ट्रको नाममा जीवन आहुती दिने सहिदहरु प्रति श्रद्धासुमन गर्दै बुधवार पोखरा विन्ध्यवासिनी मन्दिर परिसरमा देव पुजन,प्राकृतिक पूजन गर्दै महोत्सवको शुभारम्भ गरिएको छ । सोहि दिन दिउसो हेमजामा मौरी संरक्षण सचेतना अभियान तथा सरसफाइ गरियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै पोखरा महानगरपालिका वडा न.४ का अध्यक्ष देवकृष्ण पराजुलिले प्रजातन्त्र दिवसको शुभकामना दिदै स्थापनको एक वर्ष नबित्दै यो शुभकार्यको थालनी भएकोमा खुशी व्यक्त गर्दै मौरी संरक्षण सचेतना अभियान जिल्ला समितिलाई धन्यवाद दिए ।
मौरीजन्य पदार्थ खाऔं, स्वास्थ वनौं, मौरीसँगै रमाऔं भन्ने नारका साथ आयोजना गर्न लागेको महोत्सवमा मौरीका वारेमा जानकारी, मौरी सहितको आधुनिक घरको विक्री, कृषजन्य उत्पादनको प्रदर्शनी, मह विक्री लगायत रहने छ । महोत्सव अवधिभर आधुनकि टुनी र उत्तिसको काठ वनेका मौरी सहितको घार सुफत मूल्यमा विक्रि वितरण गरिने कार्यक्रम संयोजक महादेव अधिकारीले जानकारी दिए ।

फागुन ८ गते हेमजाको राजमार्गको डिभाइडरमा सारिएका विरुवा गोडमेल तथा सरसफाई गरिने छ । ९ गते हेमजा रहेका परम्परागत मुढेघार तथा आधुनिक घारमा रहेका मौरी अध्ययन अवलोकन र प्रचार प्रसार, १० गते मिलनचोकमा आँखा दान शिविर र ११ गते औपचारिक रुपमा महोत्वसको उद्घाटन गरिने मौरी संरक्षण सचेतना अभियान कास्कीका अध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए ।
रामचन्द्र सुवेदीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन कपिलराज दाहाले गरेका थिए ।
अन्य नियमिति कार्यक्रमहरु बारे आयोजकको धारण ।
आयोजकका अनुसार फागुन १३ गते सम्म युवा सडक दौड, विद्यालय स्तरीय नृत्य प्रतियोगिता वाल भजन प्रतियोगिता, आम समूहको लोक गित प्रतियोगिता उत्कृष्ट मौरी कृषक पुरस्कार, हेमजाबाट उत्कृष्ट युवा र कास्कीबाट उत्कृष्ट युवालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवमा राखीएको युवा सडक दौड प्रतियोगिता तर्फ प्रथम हुनेले ५ हजार, द्धितीय हुनेले ३ हजार ५ सय र तृतीय हुनेले २ हजार सहित प्रमाण पत्र प्राप्त गर्ने छ । सडक दौडका लागि दर्ता शुल्क ५ सय राखिएको छ भने ४० वर्ष मुनिका युवाहरु मात्रै यस दौडमा सहभागिता जनाउन पाउने छन्।
यस्तै विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ५ हजार ३ हजार ५ सय र २ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।
वाल भजन प्रतियोगिता तर्फ प्रमथ, द्धितीय र तृतीय हुनेले १० हजार, ७ हजार ५ सय र ५ हजार सहित प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा १८ वर्ष मुनिका मात्रै सहभागिता जनाउँन पाउनेछन् ।
यसैगरी आम समूह लोक गित प्रतियोगिता तर्फ प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश १० हजार, ७ हजार ५ सय र ५ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । यी सवै प्रतियोगितामा दर्ता शुल्क ५ सय रुपैया छ ।
महोत्सवमा मौरी सम्बन्धि गतिविधिका आधारमा उत्कृष्ट मौरी कृषक चयन गरी प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजारले पुरस्कृत प्रदान गरिने छ ।



