कास्की माछापुच्छ्रे« गाउँपालिकाले महिला सञ्जाल स्तरीय तीज गीत प्रतियोगिता–२०८२ सम्पन्न गरेको छ । बुधवार गाउँपालिका सभा हलमा सम्पन्न प्रतियोगितामा वडा न।८ ल्वाङ महिला सञ्जाल प्रथम हुन सफल भएको छ । वडा न। ४ लाहाचोक द्धितिय र वडा ३ तृतीय साथै सान्त्वना पुरस्कार वडा महिला सञ्जाल वडा न।५ रिभान प्राप्त ग¥यो । प्रथम, द्धितिय, तृतीय र सान्त्वना क्रमशः नगद रु १०,०००, ८,००० ,६००० र ५००० साथमा प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट नृत्य पुरस्कार वडा न.५ की उर्मिला थापा मगरले प्राप्त गरिन् ।थापाले पुरस्कार सोरुप नगद रु १५०० प्राप्त गरिन ।
कार्यक्रमलाई सम्बोधन गर्दै कास्की प्रमुख जिल्ला अधिकारी,रुद्रादेवी शर्माले परम्परागत मान्यता र विधि नमर्ने गरी हाम्रो संस्कार र संस्कृतिको संरक्षणमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले पछिल्लो समय खर्चिलो र भडिकलो रूपमा तीज मनाइँदा तीजको धार्मिक–सामाजिक महत्त्व खस्कँदै गइरहेको बताए । साथै पछिल्लो समय होटेल रेस्टुरेन्ट, बार, पार्टी प्यालेस लगायतका ठाउँमा तिज मनाइने गर्नाले तीज अनि दरको संस्कृति विकृति बनेर अगाडि बढै गइरहेको छ । यसले हाम्रो धर्म, संस्कृति, संस्कार र सामाजिक अवस्थालाई कता लैजाँदै छ भन्ने सोच्नु पर्ने बेला आएको थप उल्लेख गरे । त्यसैले तिजको महत्त्व बुझी खर्चिलो र भड्किलो रूपमा तिज मनाइने परिपाटीको अन्त्य गर्ने पर्नैमा जोड दिए ।
उपाध्यक्ष सिता अधिकारीले महिला सञ्जालको अनुरोधमा पालिका स्तरीय तीज गीत प्रतियोगिताको आयोजना गरेको बताइन। कार्यक्रमका बिच महिलाको पूर्ण सहभागिताविना कुनै पनि राष्ट्रको आर्थिक, सामाजिक,सांस्कृतिक, राजनीतिक एवं समग्र विकास गतिविधिको सम्भावना नरहने उल्लेख गरिन्। संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउन नहुने समेत बताइन ।
कार्यक्रममा माछाुच्छे« गाउँपालिका वडा न. ४ का अध्यक्ष मधुसूदन अधिकारी, गा।पा महिला सञ्जाल अध्यक्ष कल्पना अधिकारी लगायतले शुभकामना दिए ।
गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत महिला सञ्जालको अध्यक्ष कल्पना अधिकारीले र सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख ज्योति पौडेले सञ्चालन गरिन ।
