२५ न.वडा कार्यालय हेमजाले कृषकलाई अनुदानमा मौैैरी घार वितरण 

Headlines

हेमजा । २५ न।वडा कार्यालय हेमजाले वडाका किसानलाई मौरी घार वितरण गरेको छ । “एक घर एक घार” मौरी अभियान सञ्चालन गर्दै गत वर्ष देखि वडा कार्यालयले अनुदानमा किसानलाई घार वितरण गर्दै आएको छ ।

वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बिहीबार ५० प्रतिशत अनुदानमा मौरीको गोला सहितको घार वितरण गरिएको छ । किसानको ५० प्रतिशत र वडा कार्यालय बाट ५० प्रतिशत गरी २५ न। वडा भित्रका ४२ जना किसानलाई ४२ थान घार वितरण गरिएको २५ न। वडा कार्यालयका अध्यक्ष एवं महानगर प्रवक्ता मोतीलाल तिम्सिनाले बताए ।

वडाले सूचना जारी गरी आवश्यक घारको निवेदन माग गरेको थियो । कार्यक्रमका बिच वडाले उत्कृष्ट किसानलाई सम्मान समेत गरेको छ । कृषि तर्पmबाट हेमजाकी गंगा तिम्सिना साथै  पशुपालन तर्पmबाट टंक पौडेलाई प्रमाण–पत्र, दोशला र नगद प्रदान गरिएको हो ।

कार्यक्रममा  पोखरा महानगरपालिका कृषि महाशाखा  प्रमुख मनहर कडरियले महानगर सधैँ वास्तविक किसानको हितमा रहेको बताए । साथै अग्रज कृषक मिना गुरुङ, मुक्तिराम अधिकारी, रामचन्द्र सुवेदी लागायतले आगामी वर्ष कृषकको हितका वडा स्तर बाट व्यवसायीक मौरी पालन तालिम सञ्चालनमा ल्याउन आग्रह गरेका थिए ।

२५ न वडा कार्यालय  हेमजाका अध्यक्ष एवं महानगर प्रवक्ता मोतीलाल तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा सदस्य एवं कार्यपालिका सदस्य घनकुमारी पोख्रेल तिम्सिनाले र सञ्चालन कृषि प्राविधिक पुशपानजली  हमालले गरिन ।