पार्चौ खुल्ला पोथाना कप ७ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेल मर्दिसेतिले जित्यो । 

Headlines खेलकुद

मंसिर १७।  पार्चौ खुल्ला पोथाना कप ७ए साइड फुटबल प्रतियोगिता–२०८२, बुधवार देखि सुरु भएको छ ।  कास्की अन्नपूर्ण गाउँपालिका–७,मा अवस्थित पोथाना टोल सुधार समितिद्वारा  आयोजित खेलमा बुधवार दुई खेल सम्पन्न भएको हो ।

पहिलो उद्घाटन खेल मर्दीसेति डटकमले जितेको छ । मर्दिसेतिले नवज्योति क्लबलाई २–० गोलले पछि पर्दै दोस्रो चरणको यात्रा तय गरेको छ । उक्त खेलमा मर्दीसेति डटकमका सौरभ कार्की म्यान अफदी म्याच घोषित हुँदै नगद रु १००० साथ सम्मानित भए । दोस्रो खेलमा सुजन डल्ले एफसीले १–० गोल अन्तरले हिमशिखर एफसीलाई पछि पार्दै आगामी यात्रा तय गर्न सफल भयो । उक्त खेलमा सुजन एफसीका  सुजन गुरुङ  म्यान अफदी म्याच घोषित हुँदै नगद रु १००० साथ सम्मानित भए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विष्णु के।सिले खेलकुदको महत्त्व माथि प्रकाश पार्दै खेल सम्पन्न तथा १९९० मिटर उचाइमा रहेको पोथना सेतीग्रहा खेलकुद मैदानको स्तर उन्नतिमा  पालिकाको पूर्ण रूपमा सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । साथै भूमिहीन निस्सा प्राप्त गरेका नागरिकलाई लालपुर्जा व्यवस्थापनका लागि पालिकाको निरन्तर सहयोग ,सहजीकरण र आवश्यक दबाब रहने समेत उल्लेख गरे ।

कार्यक्रममा पोथना टोल विकास समितिका अध्यक्ष थम बहादुर गुरुङ,  गाउँपालिका प्रवक्ता  भरतमान गुरुङ साथै स्थानीय क्लब, आमासमुह,टोल विकास समितिका प्रमुख एवं प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न स्थानीय मौलिकता झल्कने सांस्कृतिक कार्यक्रमलाई पनि प्राथमिकता दिइएको थियो ।

प्रतियोगिताको विजेताले नगद रु ७० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता लाई नगद रु ४० हजार साथमा साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  सेमिफाइनल पुग्ने टिमले नगद रु ७,५०० प्राप्त गर्नेछन् । अन्य विधागत तर्फ हाईस्कोरर,उत्कृष्ट खेलाडी र म्यानअफदी म्याचलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । खेल संयोजक रवि गुरुङका अनुसार उक्त प्रतियोगितामा १७ टिमको सहभागिता रहेको बताए । १९९० मिटर उचाइमा रहेको खेल मेदानमा १७ टिमको सहभागितालाई उल्लेखनिय सहभागिता भएको महसुस गरेका छौ,“उन्ने भने ।

खेलकुदको माध्यमबाट वडा न ७ सँगै समग्र अन्नपूर्ण गाउँपालिको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

पोथना टोल विकास समितिका अध्यक्ष थम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अमृत गुरुङले गरेका थिए ।

पार्चौ खुल्ला पोथाना कप ७ए साइड फुटबल प्रतियोगिता–२०८२ मा आज हुने खेलहरु………

https://www.facebook.com/share/p/1GoYgA8cfk/