कास्की बचत तथा ऋण सहकारी संघको आयोजना तथा सहकारी रजिष्ट्राको कार्यलय गण्डकि प्रदेशको समन्वयमा एक दिवसीय सम्पत्ति शुध्दिकरण निबारण सम्बन्धि तालिम सम्पन्न भएको छ । गण्डकी प्रदेश सहकारी रजिष्ट्रा कार्यलयका प्रमुख भेषराज रीजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पत्ति शुध्दिकरण सम्बन्धि सहकारीलाई जारी निर्देशनको परीपालना गरी दण्ड जरीवान बाट बच्न अनुरोध गर्नु भयो , सहकारीहरुले गर्न नहुने काम गर्ने र गर्नुपर्ने काम नगरेर सहकारीहरुमा समस्या आएको बताउनु भयो ।
संचालकहरु , लेखा समिती र उपसमिती सदस्यहरुको उपस्थित कार्यक्रममा बिभिन्न सहकारी संस्थाका ७४ जना संचालक एवं ब्यवस्थापन टिमका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुको तर्फ बाट शान्ति अधिकारी हितैषि सकोसको ब्यवस्थापक र प्रणानाथ पौडेल पुईमे साकोसका लेख सुपरीवेक्षण सदस्यले तालिम फलदायि र उपल्बधिमुलक रहेको साथै यस तालिम बाट सम्पत्ति शुधिदकरण किन, कसरी , कस्ता कस्ता सदस्यहरुबाट लिने र नलिदा हुने जरीवानाका बारेमा जानकारी हासिल गरेको भएको बताउनु भयो । आगामी दिनमा पनि संघले यस्तै उपलब्धिमुलक तालिमहरु संचालन गर्न अनुरोध गर्नु भयो । हामी लाई अझ दक्ष र उर्जासिल बनाउन आगामी दिनमा जोखिम न्युनिकरण जस्ता तालिमहरुको आयोजना गरीदिए हामि लाभान्वित हुने थियौ भन्नुभयो ।
तालिमको सहजिकरण सहकारी रजिष्ट्रको कार्यलय अधिकृत ईश्वरी ढकालले गर्नु भएको थियो । स्वागत तथा कार्यक्रमको सान्दर्भिकताको बारेमा कार्यक्रम संयोजक एवम कोषाध्यक्ष केशव शरण पौडेलले आफ्नो धारणा राख्नु भयो । शुभकामना मन्तब्य बचत संघका पुर्व अध्यक्ष एवं सल्लाहकार सुदिप ढकालले सहकारी बिभाग बाट जारी निर्देशन हरुको पुर्ण परीपालना गरी संस्था संचालन गर्नु पर्दछ, निती निर्देशनहरुको जानकारी भएन भनेर क्षम्य हुदैन भन्नु भयो । आगामि दिनहरुमा पनि जोखिम ब्यवस्थापन तथा न्युनिकरणसम्बन्धि तालिमको आवश्यक्ता संस्थाहरुले महशुस गरेकाले संघले संस्थाहरुको क्षमता बृध्दि गरीदै लगि संस्थाहरुलाई संस्थागत क्षमता अभिबृध्दि गर्नु पर्दछ भन्नुभयो।बचत संघका अध्यक्ष शेर बहादुर कार्किको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन संघका सचिब मिनराज तिमल्सिनाले गरेका थिए ।
