हेमजा , २ भदौं। पोखरा २५ हेमजा महिला संजालको आयोजना तथा विष्णुपादुका क्लबको सह–आयोजना तथा वडा कार्यलय हेमजाको आर्थिक सहयोगमा भदौ १० गते हेमजा तीज मेला हुने भएको छ ।
खुल्ला तीज गित प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेलाई क्रमस नगद रु २०,०००, १५,०००, १०,००० र ५,००० हजार पुरस्कार प्रदान गरिने महिला संजाल हेमजा अध्यक्ष एवं कार्यक्रम संयोजक अप्सरा तिमिल्सिनाले जानकारी दिनुभयो । साथै सान्तवना पुरस्कार दुई समुहलाई प्रदान गरिने उल्लेख गर्नुभयो । उत्कृण्ठ नृत्य गायन , भेषभुषालाई प्रत्यक विधामा नगद रु १००० पुरस्कार प्राप्त गर्नै छन् ।
मेलामा तीज गीत साथै धैटो फुटाउने, रस्साकस्की लगायतका विभिन्न खेलकुद प्रतियोगिता हने सचिव उमा मुर्तेल पौडेलले जानकारी दिईन। टिम दर्ता शूल्क रु ५०० रहेको छ । भदौ १० गते विहान ठिक १०ः ०० बजे सम्म टिम दर्ता गर्न सकिने कोषाध्यक्ष शोभा कोइराला त्रिपाठीले जानकारी दिईन । प्रतियोगिता विष्णुपादुका खेलमैदान हेमजामा हुनेछ । मेलाले हेमजा साथै छिमेकी वडा पालिकाका महिलाहरु प्रत्येक्ष लाभान्वित हुने विश्वस गरिएको छ ।


