हेमजा , २ भदौ। पोखरा २५ हेमजा महिला संजालको आयोजना तथा विष्णुपादुका क्लबको सह–आयोजना तथा वडा कार्यालय हेमजाको विशेष सहयोगमा भदौ १० गते हेमजा तीज मेला हुने भएको छ ।
खुल्ला तीज गित प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद रु २०,०००, १५,०००, १०,००० र ५,००० हजार पुरस्कार प्रदान गरिने महिला सञ्जाल हेमजा अध्यक्ष एवं कार्यक्रम संयोजक अप्सरा तिमिल्सिनाले जानकारी दिनुभयो । साथै सान्त्वना पुरस्कार दुई समूहलाई प्रदान गरिने उल्लेख गर्नुभयो । उत्कृण्ठ नृत्य गायन , भेसभुसालाई प्रत्येक विधामा नगद रु १००० पुरस्कार प्राप्त गर्नै छन् ।
मेलामा तीज गीत साथै धैटो फुटाउने, रस्साकस्सी लगायतका विभिन्न खेलकुद प्रतियोगिता हुने सचिव उमा भुर्तेल पौडेलले जानकारी दिइन। टिम दर्ता शुल्क रु ५०० रहेको छ । भदौ १० गते बिहान ठिक १०ः ०० बजे सम्म टिम दर्ता गर्न सकिने कोषाध्यक्ष शोभा कोइराला त्रिपाठीले जानकारी दिइन । प्रतियोगिता विष्णुपादुका खेलमैदान हेमजामा हुनेछ । मेलाले हेमजा साथै छिमेकी वडा पालिकाका महिलाहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।
